अन्तरकलेज फुटसल हुने

चितवन । लायन्स क्लव अफ नारायणगढ र लियो क्लव अफ नारायणगढको संयुक्त आयोजनामा ‘राईट एण्ड एशोसियट्स लायन्स÷लियो इन्टरकलेज फुटसल’ प्रतियोगिता सुरु भएको छ । नारायणगढको क्षेत्रपुरस्थित ब्रदर्श फुटसल एरिनामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताका लायन्स क्लव इन्टरनेशनलका पूर्व डिष्टिक्ट गर्भनर प्रभातकुमार जोशीले उद्घाटन गर्नुभयो । सो क्रममा बोल्दै प्रमुख अतिथि जोशीले नेपालमा फुटसल प्रति बढ्दै गएको क्रेजले नयाँ खेलाडी उत्पादनका लागि यो प्रतियोगिता महत्वपूर्ण सावित हुने बताउनुभयो ।

उहाँले युवाहरुलाई अनुशासित र मर्यादित बनाउन पनि खेल क्षेत्रले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । कार्यक्रममा लियो डिष्ट्रिक्ट ३२५ बी टु का डिष्ट्रिक्ट एडभाईजर एवंम प्रतियोगिताको टाईटल स्पोन्सर राईट एण्ड एशोसिट्स एजुकेशनका चितवन प्रमुख देवेन्द्रराज रेग्मी, डाँफे एब्रोड कनेक्सन प्रा.लि.का उमाकान्त पोखरेल, लियो क्लव अफ नारायणगढका प्रथम उपाध्यक्ष सृजन अधिकारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

आरती सापकोटाले ध्वजाको अभिवादन र अमृता श्रेष्ठले लियो प्लेज वाचन गरेको कार्यक्रममा लियोको चिफ डिष्ट्रिक्ट एडभाईजर प्रल्हाद प्रधान, लायन्स क्लव अफ नारायणगढका पूर्व अध्यक्ष उद्योग पिया, निवर्तमान अध्यक्ष उमेश पिया, लियो क्लव अफ नारायणगढका पूर्व अध्यक्षहरु मोहन गिरी, रविन अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको उद्घाटन सत्र लायन्स क्लव अफ नारायणगढका प्रथम उपाध्यक्ष जीवन कुमार गुप्ता र लियो क्लव अफ नारायणगढका अध्यक्ष राजु चौधरीको अध्यक्षतामा भएको थियो । आज उद्घाटन खेलमा भानु मावि नारायणगढ र शान्ती एकेडेमी भरतपुर ‘बी’ बीच प्रतिस्पर्धा भएको कार्यक्रम संयोजक पवन सिलवालले जानकारी दिनुभयो ।

प्रतियोगितामा चितवन, नवलपरासी र काठमाडौंका कलेजका गरि २८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेताले नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता र फेयर प्ले टिम अवार्ड प्रदान गरिने जनाईएको छ ।

 

Loading...