जानी राखौँ मतदान कसरी गर्ने ?

काठमाडौँ । अाइतबार प्रतिनिधिसभा तथा प्रदेशसभा अन्तगर्त पहिलो चरणको निर्वाचन हुँदैँ छ । ३२ जिल्लाका ३७ प्रतिनिधिसभा सदस्य र ७४ प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा मतदान गर्ने गरेकमा प्रत्येक मतदाताले तीन वटा मतत्रपत्रमा मत छुट्टाछुट्टै मतपेटिकामा खसाल्नु पर्ने छ ।

३ मतपत्रमा प्रत्येक मतदाताले ४ वटा मत दिन पाउने छन् ।

प्रस्तुत छ मतदान गर्ने तरिका

  • अाफ्नो मतदाता परिचयपत्र वा नेपाल सरकारले जारी गरेको फोटोसहितको परिचय खुल्ने परिचयपत्र लिएर जानुहोस
  • मतदानस्थलमा पुगेर अाफ्नो मतदान केन्द्रको पहिचान गर्नुहोस
  • मतदान केन्द्रमा रहेका महिला वा पुरूषको लार्इनबाट अगाडि बढ्नुहोस
  • त्यसपति तपार्इँले अाफ्नो परिचयपत्र देखाइ अाफ्नो नाम रूजु गराउनुहोस
  • नाम रूजु भएपछि अगाडि मतदान अधिकृत सामु गएर मतपत्र लिनुहोस
  • मतपत्र लिएसँगै मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छ छैन् सुनिश्चित गर्नुहोस
  • सोही स्थानमा रहेका मतदान कर्मचारीले तपार्इँको हातको बूढी अौँलामा मसी लगार्इ दिने छन् ।
  • त्यसपछि गोप्य मतदानकक्षमा जानुहोस
  • पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रङ्गको मसीले छापिएको मतपत्रमा मा अाँफूले रोजेका उम्मेदवारको चिन्हमा नजिक रहेको स्वस्तिक छाप लगाउनुहोस
  • मसी अन्य स्थानमा नलत्पतिने गरी पट्याउनुहोस
  • नजिकै रहेको हरियो रंगको स्टिकर टाँसिएको मतपेटिकामा हाल्नुहोस
  • त्यसपछि प्रदेशसभा निर्वाचनका लागि कालो रंगले छापिएको मतपत्र लिनुहोस
  • प्रदेशसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तगर्त अाँफूलार्इ मन परेको कुनै एक उम्मेदवारको चिन्ह भएको कोठामा मत संकेत गर्नुहोस
  • मसी नलत्पतिने गरी मतपत्र पट्याउनुहोस
  • नजिकै रहेको कालो रंगले छापिएको स्टिकर टाँसिएको मतपेटिकामा मतपत्र खसाउनुहोस
  • हल्का रातो रंगको मसीले छापिएको मतपत्र लिनुहोस
  • मतपत्रको माथिल्लो भागमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा निर्वाचनका लागि कुनै एक दलको निर्वाचन चिन्ह भएको कोठामा मतसंकेत गर्नुहोस
  • त्यसपछि तल्लो खण्डमा प्रदेशसभाका लागि समानुपातिक तर्फ कुनै एक दलको चिन्हमा मतसंकेत गर्नुहोस
  • मसी अन्य स्थानमा नलत्पतिने गरी पट्याउनुहोस
  • र अन्त्यमा रातो स्टिकर टाँसिएको मतपेटिकामा मतपत्र खसाल्नुहोस
    स्मरण रहोस
  • पहिलो र दोस्रो मतपत्रमा कुनै एक चिन्ह भएको कोठामा मात्र मतसंकेत गर्नुहोस अन्यथा मत बदर हुने छ
  • त्यस्तै तेस्रो रातो रंगको मतपत्रको माथिल्लो खण्डमा कुनै एक दलको चिन्ह भएको कोठामा मतसंकेत गर्नुहोस, तल्लो खण्डमा पनि
  • कुनै एक मात्र चिन्ह भएको कोठामा मतसंकेत गर्नुहोस अन्यथा मत बदर हुने छ
  • मतपत्रमा स्वस्तीक छापले मात्र मतसंकेत गर्नुहोस
  • मतपत्रमा स्वतिक छाप बाहेकका अन्य संकेत लगाएमा मत बदर हुने छ
  • स्वस्तीक छाप नबुझिने गरी लत्पतिएमा समेत मत बदर हुने छ ।
Loading...