नवौँ रत्ननगर महोत्सव पुस २७ गते देखि

चितवन । नवौं सँस्करणको रत्ननगर महोत्सव आउँदो पुस २७ गतेदेखि हुने भएको छ । आयोजक रत्ननगर उद्योग वाणिज्य संघले सोमबार सौराहामा पत्रकार सम्मेलन गरि महोत्सव तयारी बारे जानकारी दिएको हो । संघका अध्यक्ष राजाराम रेग्मीले महोत्सव पुस २७ गतेदेखि माघ ७ गतेसम्म ११ दिन संचालन हुने जानकारी दिनुभयो ।

उहाँले महोत्सव तयारी तिव्र पारिएको भन्दै यस पटकको महोत्सव विशेष बनाईने बताउनुभयो । महोत्सव सम्पन्न गर्नका लागि विभिन्न ३३ वटा कार्यगत समितिहरु गठन गरिएको छ । यसअघि हुँदै आएको स्थान प्रस्तावित क्षेत्रीय रगंशाला स्थल टिकौलीमै यसपटक महोत्सव हुन लागेको हो । रत्ननगर महोत्सव २०७४ मा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, सँस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तुसहितको ४५० वटा स्टल रहने आयोजकले जनाएको छ ।

महोत्सवमा ५ लाख भन्दा बढि दर्शकले अवलोकन गर्ने र ५० करोड भन्दा बढिको कारोबार हुने अपेक्षा गरिएको छ । यसैगरि माछा, च्याउ र केराको विभिन्न परिकार बनाई महोत्सव परिसर भित्रै विभिन्न परिकार समेटिएको फुड फेष्टिबल हुनेछ । त्यसैगरि यसवर्षको महोत्सवमा पर्यटन प्रवद्र्धनका कार्यक्रम अन्तरगत चितवनका प्रमुख पर्यटकीय गन्तव्य सौराहा, चेपाङ पहाडी पदयात्रा मार्ग, सिराईचुली, उपरदङगढी, रत्ननगर क्षेत्रका टिकौली ताल, चेपाङ, बीसहजार ताल, टिकौलीमा रहेको जैविक विविधता सूचना केन्द्रको प्रचार प्रसारका व्यवस्था पनि मिलाईएको छ ।

त्यस्तै महोत्सव अन्तरगत पौष २ गते देखि माघ ६ सम्म रत्ननगर नगरपालिका बजार क्षेत्रमा विशेष बंगुरपालन व्यवसायहरुको प्रवद्र्धनका लागि बंगुरका मासुका परिकारहरुको स्टल रहने छ । महोत्सवमा यसपटक पनि सर्वसाधरणका लागि ५० रुपैयाँ र विद्यार्थीहरुको शुल्क २५ रुपैयाँ राखिएको छ

Loading...