मिस नर्स चितवनको अन्तिम प्रस्पिर्धा आईतबार

चितवन । मिस नर्स चितवनको दोस्रो संस्करणको फाइनल प्रतिस्पर्धा यही मंसिर १७ गते हुने भएको छ । सन् २०१४ मा पहिलो पटक आयोजना गरिएको मिस नर्स दुई वर्षपछि गत असोज २३ गतेदेखि दोस्रो संस्करणको छनौट सुरु भएको थियो ।

मिस नर्स २०१७ का लागि ३० जना सहभागी भएकामा १३ जना अन्तिम प्रतिस्पर्धाको लागि छनौट भएका छन् । विभिन्न समयमा उनीहरुलाई व्यक्तित्व विकाससँगै, अन्य सीप तथा तालिमहरु दिएर फाइनल प्रतिस्पर्धाको लागि तयार पारिएको आयोजक सहज मिडियाले जनाएको छ । चितवनमा रहेर नर्सिङ पढ्दै तथा नर्सिङ पेसामा आवद्ध भएका १८ देखि २५ वर्षसम्मका युवतीहरुले भाग लिएको प्रतिस्पर्धामा मिस नर्सको उपाधी जित्नेले २५ हजार रुपैयाँ नगद सहित एक लाख रुपैयाँ बराबरको पुरस्कार पाउने छन् ।

त्यस्तै प्रतियोगिताको फस्ट रनर अपले २० हजार रुपैयाँ नगदसहित ७५ हजार रुपैयाँ बराबरको पुरस्कार तथा सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ बराबरको पुरस्कार पाउने आयोजकले जनाएको छ । नर्सिङ पेसामा रहेका युवतीहरुलाई बाहिरी क्षेत्रमा समेत परिचित गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सहज भण्डारीले बताउनुभयो । प्रतियोगितालाई वर्षेनि निरन्तरता दिने समेत आयोजकको भनाइ छ ।

Loading...