वर्षेनी ३२ सय किशोरीले गर्छन गर्भपतन

काठमाडौँ । उपत्यकामा बर्सेनी २० बर्षभन्दा मुनिका करिब साढे ३२ सय किशोरीले गर्भपतन गराउने गरेका छन् ।

असुरक्षित यौन सम्पर्कबाट बसेको गर्भ सुरक्षित रुपमा गर्भपतन गर्नेको संख्या धेरै बढेको छ ।

सरकारले २० बर्षभन्दा कम उमेरमा बच्चा जन्माउन नपाउने व्यवस्था गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

कम उमेरमा गर्भपतन गराउनेमा स्वास्थ्य समस्या बढी देखिएको छ । गर्भपतन गराए पछि पुन समस्या भएर उपचारका लागि स्वास्थ्य संस्थामा आउनेको संख्या धेरै छ ।
आर्थिक बर्ष ०७१ ७२ मा १४ प्रतिशत ०७२ ७३ मा २६ प्रतिशत ०७३/ ७४ मा २४ प्रतिशत किशोरी गर्भपतनपछि समस्या लिएर उपचारका लागि अस्प्ताल पुगेका थिए ।

Loading...