विचौलियाले उत्पादित कृषि बस्तुको मूल्य तोक्न हुन्नः कोइराला

चितवन । नेपाली कांग्रेसका युवा नेता एबम चितवन क्षेत्र न ३ (क ) का प्रदेश सभा सदस्य उम्मेदवार दिनेश कोइरालाले २१ गते सम्म साथ दिन आग्रह गर्नु भएको छ । रामपुरमा भएको चुनाबी सभालाई सम्बोधन गर्दै कोइरालाले २१ गते साथ् दिए ५ बर्ष आफुले हरेक सुख दुखमा साथ दिने बताउनु भएको हो । कोइरालाले सो चुनाबी सभालाई सम्बोधन गर्दै आफुलाई जिताएमा ५ बर्ष भित्रमा सडक पिच गरिसक्ने प्रतिबद्दता दोहोर्याउनु भएको हो । कोइरालाले आफुले कृषकका सुख दुखमा साथ दिएर उब्जाउ भएका कृषि उपजका बस्तुको उचित बजारीकरण गरि छाड्ने बताउनु भएको हो ।

कोइरालाले भन्नु भयो “ यदि यहा हरुले २१ गते साथ् दिनु भयो भने म ५ बर्ष सम्म यहाहरुको साथमा हुनेछु । मैले चितवनका विभिन्न स्थानमा कृषिको राम्रो पकेट क्षेत्र भएकोले यहा उत्पादित बस्तुलाई उचित बजारी करण गर्ने छु“ । ग्रैह कृषि व्यापारीले गरेको उत्पादित कृषि बस्तुको मूल्य तोक्न रोक्ने र यसको निश्चित संयन्त्र र नीति बनाई कृषकलाई सहयोग गर्छु । कृषि अनुदानको व्यवस्था गर्ने छु । “

कोइरालाले अधिकांश क्षेत्रमा बिचौलियाको बिगबिगी रहेको भन्दै यसलाई रोक्नु पर्नेमा जोड दिनु भएको छ । उहाले पर्यटन , शिक्षा लगायतका क्षेत्रमा भएको समस्या निराकरण गर्न पहल गर्ने समेत प्रतिबद्दता जनाउनु भयो । कार्यक्रममा स्थानीयको बाक्लो उपस्थिति थियो ।

Loading...