प्रचण्डले पहिलो मतदान गरे

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् संयुक्त वाम गठबन्धनका चितवन क्षेत्र नम्बर ३ का उम्मेद्ववार पुष्पकमल दाहालले मतदान गरेका छन्।

चितवन क्षेत्र नम्बर ३ मै रहेको शान्तिपुर आधारभूत प्रावि शिवनगरबाट उनले बिहान ७ बजे पहिलो मतदान मतदान गरेका हुन् । उनले मतदान पछि यो ऐतिहासिक निर्वाचन भएको भन्दै यसलाई उत्सवका रुपमा मनाउनुपर्ने बताएका छन्।

प्रचण्डले देशमा समृद्धिको यात्रामा सुरु भएको भन्दै राजनीतिक स्थायीत्व हुने र आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने बताए।

शान्ति प्रक्रियापछि पहिलो पटक आफ्नै वडामा मतदान गर्न पाउँदा आफूलाई खुसी र गर्वको महसुस भएको उनले बताए। यसैबीच उनले देशमा अब वामपन्थीको नेतृत्वमा सरकार बन्ने पनि सुनाए।

Loading...