सीके राउतको गाँउमा खसेन मत

सप्तरी । सप्तरीको महदेवा गाउँपालिकाको महदेवास्थित प्रावि केन्द्रमा विहीबार मध्यान्हसम्म कुनै पनि मतदाताले मतदान गरेका छैनन् ।

मतदान अधिकृत धनेश्वर साहका अनुसार मतदान गराउने कर्मचारी र सुरक्षाकर्मीहरु बिहानैदेखि यहाँ तयारी अवस्थामा बसे पनि कुनै मतदाता मत खसाल्न नआएका हुन् । यहाँको मतदान केन्द्रमा ९ सय ६० मतदाता रहेका छनै ।

अहिले सम्म निर्वाचन जितेकाहरुले गाँउमा विकास नगरेको भन्दै यसपटक मतदान नगरेको स्थानीयले बताएका छन् । यो गाँउ सिके राउतको गाँउ हो । राउत विहानै पक्राउ परेका छन् ।

यसअघि ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतको गाउँ त्रिकौलमा पनि कसैले मतदान गरेका थिएनन् ।

Loading...