अार्थिक विकासको यात्रा सुरू भयोः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि देशमा समृद्धि र विकासको यात्रा सुरु भएको बताएका छन्। चितवनको शिवनगरस्थित शान्तिपुर आधारभूत प्राविबाट मतदान गरेपछि प्रचण्डले यस्तो बताएका हुन्। उनले देशमा राजनीतिक स्थायित्व आउने पनि बताए।

‘अब राजनीतिक स्थायित्व सुरु हुँदैछ। अब सरकार पाँच वर्ष टिक्ने स्थिति पैदा हुँदैछ,’ उनले भने। उनले वाम गठबन्धनको बहुमत आउने पनि दाबी गरे। ‘दुवै गठबन्धन नेपालका लागि शुभसंकेत हो,’ उनले भने। प्रचण्डले आफैँले आफ्ना लागि मतदान गर्न लागेको यो पहिलो पटक हो ।

चितवन–३ का मतदाता रहेपनि उनले आफैंलाई भोट दिन पाएका थिएनन्। २०७० को निर्वाचनमा काठमाडौं–१० र रोल्पा–२ मा उम्मेदवारी दिएका उनले चितवन–३ मा तत्कालिन एमाओवादी उम्मेदवार नारायण दाहाललाई मतदान गरेका थिए।

Loading...