प्रदेश ६ को प्रतिनिधिसभा काँग्रेस निल प्रदेशसभामा एक सिट मात्र

काठमाडौँ । देशभर निर्वाचनमा खराब नतिजा व्यहोरेको नेपाली काँग्रेसले प्रतिनिधिसभा तर्फ प्रदेश ६ मा निल नै भएको छ । त्यस्तै यहाँ प्रदेशसभामा काँग्रेसले १ सिटमात्र जितेको छ ।

प्रत्यक्षको मतगणना सकिएको ६ नम्बर प्रदेशबाट प्रतिनिधि सभा नेपाली कांग्रेस शुन्य भएको छ। १२ क्षेत्र रहेको उक्त प्रदेशमा कांग्रेसले एक सिट पनि जितेको छैन।

प्रदेशसभामा रहेका २४ सिटमा कांग्रेसले एक सिटमात्र जितेको छ। प्रदेशसभाका एमालेले १४ माओवादीले ९ सिट जितेका छन् ।

हुम्ला ख बाट कांग्रेसका जीवनबहादुर शाही प्रदेशसभामा विजयी भएका छन्।

एमालेका जितेका क्षेत्र र उम्मेदवार
१. सल्यान कः गुलावजंग शाह
२. सल्यान ख: प्रकाश ज्वाला
३. डोल्पा कः नन्दसिंह बुढा
४ जाजरकोट खः करबीर शाही
५ मुगु कः दानसिंह परियार
६ मुगु खः चन्द्रबहादुर शाही
७ जुम्ला खः पदम रोकाया
८. कालिकोट कः कर्मराज शाही
९. हुम्ला कः दल रावल
१०. दैलेख खः अम्मरबहादुर थापा
११. सुर्खेत १ खः खड्कबहादुर खत्री
१२. सुर्खेत २ कः यमलाल कँडेल
१३. दैलेख २ कः सुशीलकुमार थापा
१४. दैलेख २ खः राजबहादुर शाही

माओवादी जितेका क्षेत्र
१. डोल्पा खः बिरबहादुर शाही
२. जाजरकोट कः गणेशप्रसाद सिंह
३. जुम्ला कः नरेश भण्डारी
४. कालिकोट खः महेन्द्रबहादुर शाही
५. दैलेख कः धर्मराज रेग्मी
६. सुर्खेत १ कः ठम्मबहादुर विष्ट
७. सुर्खेत २ खः बिन्दमान विष्ट
८. रुकुम पश्चिम कः रातो कामी
९. रुकुम पश्चिम खः गोपाल शर्मा

Loading...