मोस्ट वाण्टेड रेशम चाैधरी प्रतिनिधिसभा सदस्इमा विजयी

कैलाली । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका रेशम चौधरी कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । राजपाका उम्मेदवार चौधरीले वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई झण्डै २१ हजारको फराकिलो अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्

चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मत मात्र पाइन् । चौधरी र शाहबीचको मतअन्तर २० हजार ९३५ छ । कांग्रेसकी इश्वरी न्यौपाने तेस्रो स्थानमा रहिन् । उनको मत ११ हजार २०३ छ ।

चौधरी कैलाली घटनाका मुख्य आरोपी हुन् र उनी प्रहरीको फरार अभियुक्तको सूचीमा छन् । उनले वारेसनामा मार्फत् उम्मेदवारी दिएका थिए । ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो ।

यसैगरी प्रदेशसभा तर्फ एक सिट राजपाले र एक सिट नेपाली कांग्रेसले जितेका छन् । क्षेत्रनम्बर १ (क) मा राजपाका १२ हजार १८४ मतसहित प्रदेशसभामा विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज चौधरीले ९ हजार ३०८ मत पाएका छन् ।

यसैगरी क्षेत्रनम्बर १ (ख)मा नेपाली कांग्रेसका रणबहादुर रावल ९ हजार ४३४ मतसहित विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नेपबहादुर थारु (चौधरी)ले ८ हजार ९०६ मत पाएका छन् ।

Loading...