उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा २ बाट पराजित

काठमाडौँ । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठपनि प्रतिनिधि सभामा पराजित भएका छन् । स्याङ्जा-२ मा एमाले उम्मेदवार पद्मा अर्यालबाट कांग्रेस उम्मेदवार श्रेष्ठ पराजित भएका हुन्।

विजयी एमालेकी अर्यालले ३५ हजार १ सय ४२ मत पाएकी छन्। प्रतिद्वन्द्वी श्रेष्ठले भने अर्याल भन्दा ३ हजार ७ सय ५ मत कम पाई पराजित भए।

श्रेष्ठले वर्तमान सरकारमा शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी पराजित हुने दोस्रो उपप्रधानमन्त्री हुन् । अर्का उपप्रधानमन्त्री कमल थापा मकवानपुर १ बाट पराजित भइसकेका छन्।

उपप्रधानमन्त्री बिजय गच्छेदार सुनसरी ३ मा एमालेकी भगवती चौधरीभन्दा झिनो मतले पछाडि छन् । वर्तमान सरकारमा उपप्रधानमन्त्रीकै जिम्मेवारीमा रहेका कृष्णबहादुर महरा भने दांग २ बाट निर्वाचित भइसकेका छन्।

Loading...