कैलाली २ बाट एमालेका रावल प्रतिनिधिसभा सदस्यमा विजयी

काठमाडौँ । कैलाली २ बाट एमालेका झपटबहादुर रावल प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन् । कांग्रेस उम्मेदवार मोहन सिंह राठौरलाई पराजित गर्दै एमालेका रावल विजयी भएका हुन् ।

रावलले २५ हजार १५७ मत पाए। राठौरले भने २३ हजार ३१३ मतमात्रै पाए । अघिल्लो संसदमा एमालेबाटै कैलालीबाट निर्वाचित राठौर चुनावको एक महिनाअघि कात्तिकमा मात्रै एमाले छाडी कांग्रेस प्रवेश गरेका थिए ।

Loading...