१२ अाैँ साफ च्याम्पियनसिप २०१८ को सेप्टेम्वरमा हुने

काठमाडौं । २०१७ को डिसेम्वरमा गर्ने तय भएको १२औँ साफ च्याम्पियनसिप फुटबल २०१८ सेप्टेम्वरमा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघले आयोजना गर्ने साफ फुटबल अब २०१८ सेप्टेम्वर ४ देखि १५ सम्म बंगलादेशको ढाकामा हुने अखिल नेपाल फुटल संघ (एन्फा)ले जनाएको छ ।

भारतमा २०१५ मा भएको साफ च्याम्पियनसिप पछि १२औँ संस्करण २०१७ को डिसेम्वरमा बंगलादेशमा गर्ने २०१६ मै निर्णय गरिएको थियो । तर पछि मिति सारिएको हो ।

बंगलादेशमा साफ च्याम्पियनसिप हुन लागेको यो तेस्रो पटक हो। यसअघि बंगलादेशले २००३ र २००९ मा पनि साफ च्याम्पियनसिप आयोजना गरेको थियो ।

अहिलेसम्म भारतले सर्वाधिक ७ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । नेपाल भने फाइनलसम्म पनि पुग्न सकेको छैन। नेपाल १९९३ र १९९७ मा तेस्रो भएको थियो।

Loading...