विजय पछि माडी पुगेर प्रचण्डको उद्घोषः माडीलाई मणि बनाउँछु

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीलाई मणि बनाएर छाड्ने बताउनुभएको छ । विजयी यात्रा सहित मतदातालाई धन्यवाद दिन माडी पुग्नुभएका अध्यक्ष दाहालले बसन्तपुर बजारमा मतदातालाई संवोधन गर्दै माडीलाई मणि बनाउने अभियानमा आफुलाई मत दिएर जिताउने माडीका मतदातालाई धन्यवाद दिनुभयो ।

माडीको विकास कसैले चाहेर पनि अब रोक्न नसक्ने भन्दै अध्यक्ष दाहालले माडीबासीको चाहना छिट्टै पूरा गर्ने प्रतिवद्वता जनाउनुभयो । प्रतिनिधि सभाको निर्वाचनमा निर्वा्चित भएपछि माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफुलाई मत दिएर जिताउने मतदातालाई धन्यवाद दिन अध्यक्ष दाहाल विजयी यात्रा सहित माडी पुग्नुभएको हो ।

माडीको बगई खोलादेखि बरूवा बजार सम्मका मतदातालाई भेटेर धन्यवाद दिने कार्यक्रम छ । दाहाललाई बधाई दिन स्थानीयहरू चोक चोकमा जम्मा भएका छन् । अध्यक्ष दाहाललाई फलमाला सहित अविर लगायर माडीका स्थानीयले शुभकामना दिईरहेका छन् । प्रचण्डको विजय यात्रालाई स्वागत गर्न बसेका स्थानीय लाई हात हल्लाउँदै प्रचण्डले अभिवादन गर्दै हिडिरहेका छन् ।

माडीको बरूवा बजारमा पुगेर पनि अध्यक्ष दाहालले संवोधन गर्ने कार्यक्रम छ । अध्यक्ष दाहाल संगै चितवन क्षेत्र नं ३ बाट प्रदेश सभाका उम्मेदवार रामलाल महतो, कृष्ण प्रसाद भुर्तेल पनि विजयी यात्रामा सहभागी थिए ।

Loading...