हंसको आठौं वार्षिकोत्सव कार्यक्रम रक्तदान एव सदस्य सम्मान सहित सम्पन्न

चितवन । चितवन जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाई जिल्लाको समग्र विकासको लक्ष्य लिएर स्थापना भएको हंस बहुउद्देश्यीय सहकारी संस्था लि. ले २०७४ मंसिर २७ गते आफ्नो आठौं वार्षिकोउत्सवको अवसरमा मानवीय सेवामा अमुल्य योगदान पु¥याउने उद्देश्यले खुल्ला रक्तदान एवं सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको प्रधान कार्यालय शहिदचोक नारायणगढ, परिसरमा सम्पन्न रक्तदान कार्यक्रममा ५ जना महिला र ४६ जना पुरुष गरी जम्मा ५१ जनाले रक्तदान गरेका छन् । यसै गरी शेयर सदस्यहरुको मनोबल उच्च बनाउन विभिन्न विधामा ६९ जना शेयर सदस्यहरुलाई सम्मान प्रदान गर्नुका साथै संस्थामा कार्यरत कर्मचारी मध्ये विविध विधामा ६ जना कर्मचारीले अवार्ड प्राप्त गर्नुभयो ।

संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिल्ला समन्वय समिति, चितवनका प्रमुख श्री कृष्ण कुमार डल्लाकोटी प्रमुख अतिथि रहनु भएको थियोे । प्रमुख अतिथि कृष्ण कुमार डल्लाकोटीले सहकारीहरु सहकारीको मुल्य मान्यता र सिद्धान्त तथा संस्था स्वयंको विनियमले तोकेको परिधिभित्र रही सदस्यहरु र समुदायप्रती जिम्मेवार हुदै संचालनहुनु पर्ने धारण व्यक्त गर्नुभयो । उहाँले चितवन जिल्ला भरीकै सहकारी संस्थाहरु हंस बहुउदेश्यीय सहकारी संस्था जस्तै सामाजिक कार्यमा अब्बल बनाउन सके जिल्लाको विकास आफै हुने भनी यस संस्थाको प्रशंसा गर्नु भयो ।

सहकारी प्रशिक्षण तथा डिभिजन कार्यलयका निमित्त प्रचार्य रामभक्त रानाभाट, जिल्ला सहकारी संघ चितवनका अध्यक्ष टिकाराम भट्टाराई, नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, पूर्व सभासद् गिता वाग्ले विशिष्ट अतिथि रहनु भएको थियो ।

जिल्ला बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि, जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख, जिल्ला प्रहरी कार्यलयका प्रमुख, वैक वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा भएको कार्यक्रमका वक्ताहरुले यस संस्थाले गरेको रक्तदान, निशुल्क स्वास्थ्य शिविर, दैविप्रकोप पडितलाई राहत वितरण जस्ता सामाजिक कार्यले हंस ब. सहकारी संस्था चितवन जिल्लामा व्यावसायीक तथा समाजिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा रहेको प्रसंसा गर्दै रक्तदान जस्तो पवित्र मानविय सेवाभावको कार्य सहित वार्षिकोत्सव मनाउने गरेको भन्दै सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रमा संस्थाका अध्यक्ष श्री दिनेश कुमार चुकेले यस कार्यक्रमा रक्तदान गर्ने जुनीयर प्रहरी अधिकृत शिक्षालयका भरतपुरका प्रहरी साथीहरु लगायत रक्तदाता एवं संस्थाका आर्थिक सामाजिक कार्य सहयोग गर्ने सम्पूर्ण महानुभावमा धन्यबाद व्यक्त गर्दै यस संस्थाको मुख्य ध्येय भनेकै शेयर सदस्यहरुको सन्तुष्टी र सामाजिक सेवा नै रहेको विचार व्यक्त गर्नु भयो ।

यसै गरी कार्यक्रममा संस्था संचालक समितिका पदाधिकारी तथा सदस्यहरु, लेखा समिति संयोजक तथा सदस्यहरु, अन्य उप समितिका संयोजक तथा सदस्यहरु, सेवा केन्द्र व्यवस्थापन उप समितिका सदस्यहरु, शेयर सदस्य तथा शुभ चिन्तक लगायत संस्थाका कर्मचारीहरु गरी ३०० जना भन्दा बढिको उपस्थिति रहेको थियो । संस्थाका उपाध्यक्ष श्री बाबुराम अधिकारीले स्वागत मन्तव्य राख्नु भएको यस कार्यक्रमको संचालन संचालक समिति सदस्य श्री राधादेवी आचार्यले गर्नु भएको थियो ।

यस आठौं वार्षिकोत्सव तथा रक्तदान कार्यक्रममा रगत संकलनको लागि रक्त संचार केन्द्र भरतपुरको ६ जनाको प्राविधिक टोलीले सहयोग पु¥याएको थियो । कार्यक्रममा हंस बहुउदेश्यीय सहकारी संस्था लि. को पहिलो सेवाकेन्द्र सौराहचोक टाँडीको सातौ स्थापना दिवस २०७४ पौष १५ गतेको अवसरमा चितवन मेडिकल कलेज, भरतपुर चितवनको सहयोगमा वृहत निःशुल्क स्वास्थ्य शिविर हुने जानकारी गरिएको थियो ।

Loading...