गैँडाकोटमा गैँडा आतंकः किसानहरु आन्दोलनको तयारीमा

नवलपुर । चितवन राष्ट्रिय निकुञ्ज बाट दिनहँु नारायणी नदी पार गरी बस्ती पसेर गैँडाकोट नगरपालिका ६,७,८ र ९ मा लगाएका हिउदे बाली गैँडाले नष्ट पार्न थालेपछि कृषकहरु हैरानीमा परेका छन । गैँडाले स्थानियले लगाएको हिउदे मकै, आलु, काउली, तोरी लगायतका बाली नाली दिनहु नष्ट पार्दा कृषकले लाखौको नोक्सानी व्यहोर्नु परेको छ ।

रातको समय चितवन बाट गैँडाकोट प्रवेश गरी रातभर गैँडाले बितंडा मच्चाउदै आइरहेको छ । एउटा बच्चा सहितको ३÷४ वटा गैंडाले गैंडाकोटमा आतंक मच्चाइरहेको स्थानीयले बताएका छन गैंडाले बस्तीमा प्रवेश गरेर सताउन थालेपछि गैंडाकोटका कृषकहरु गैंडा नियन्त्रणका लागि दबाब स्वरुप आन्दोलन नै गर्ने मनस्थितिमा पुगेका हुन् ।

बुधबार गैँडाकोट ६,७,८ र ९ का किसानहरुको सहभागितामा ७ सदस्यीय एक सघर्ष समिति नै गठन गरी गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेललाई नगरपालिका परिषरमा ज्ञापनपत्र बुमmाइएको छ । ज्ञापन पत्रमा ३ दिन भित्र समस्या समाधान नभए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिइएको छ । कृषक नगर महासंघ गैंडाकोटका संयोजक तिलक कंडेलले ४ वटा वडामा दैनिक ५० हजार भन्दा बढीको क्षति बनाउने गरेको बताउनुभयो ।

गैंडा पिडितले क्षतिपुर्ती सहित गैंडा नियन्त्रणका लागि ४० लाख उपलब्ध गराईदिन माग गरेका छन् । माग पुरा नभए सडक अबरुद्ध गर्ने समेतको कार्यक्रम रहेको सघर्ष समितिका संयोजक चन्द्र सापकोटाले बताउनुभयो । यसअघि बस्तीमा प्रवेश गरेका गैंडा निकुञ्ज फर्काउन चितवन राष्ट्रिय निकुञ्जको हात्ती सहितको प्राविधीक टोली ५ दिन गैंडाकोटमा नै बसेर गैंडा धपाएको थियो तथापी गैँडा आउन भने छाडेको छैन ।

गैँडा नियन्त्रणमा सम्बन्धित निकायले प्रभावकारी भुमीका खेल्न नसकेको र खाली कृषकलाई झुक्याउन झारा टार्नै काम भएको भन्दै स्थानिय दिर्घकालिन समाधानको निकास खोज्न सुझाएका छन ।

यता गैँडाकोट नगरपालीका ले भने समस्या समाधानमा पहलकदमी लिने बताएको छ । गैँडाकोट नगरपािलकाका नगरप्रमुख छत्रराज पौडेलले ३ दिन भित्र निकुञ्ज संग समन्वय गरी समस्याको समाधान गर्ने बताउनुभएको थियो । स्मरण रहोस गत बर्ष गैँडाकोट ७ मा निकुञ्ज बाट बस्ती पसेको गैँडा मृत फेला परेको थियो ।

Loading...