फुटवल खेलाडीलाई जर्सी वितरण

चितवन । कृष्णपुर खेलकुद विकास समिती र भरतपुर ७ वडा कार्यालयले शुक्रबार फुटवल खेलाडीहरुलाई जर्सी वितरण गरेको छ । असोजमा भरतपुर महानगर वडा नम्बर १९ ले आयोजना गरेको महानगर वडा स्तरीय दशैं कप फुटबल प्रतियोगितामा द्धितिय स्थान हासिल गरेका आफ्नो वडाका खेलाडीहरुलाई जर्सी वितरण गरेको हो ।

कृष्णपुर खेलकुद विकास समितीका संयोजक श्रीकृष्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्ले प्रमुख अतिथी रहेकाथिए ।सो क्रममा वडा अभ्यक्ष काफ्लेले खेल क्षेत्रको विकासका लागि वडामा आउने वजेटलाई आवश्यकता र खेलको सम्भावनाका आधारमा सरसल्लाह गरी खर्च गर्ने बताए ।आफ्नो वडाको पहिचान दिलाउने गरी अघि बढेका खेलाडीलाई प्रोत्साहन गर्न पछि नहट्ने उनले बताए ।

खेलकुदको माध्यमबाट वडालाई नमुना बनाउन तर्फ अग्रसर हुन समेत उनले खेलाडीहरुलाई आग्रह गरे ।कार्यक्रममा वडा सदस्यहरु सरिता पाठक लगायत खेलप्रेमी शुभेच्छुकहरुले खेल क्षेत्रको विकासका लागि आआफ्नो घर टोलबाट नै सुरुआत गर्नुपर्ने बताएकाछन् ।कार्यक्रममा महानगर वडा स्तरीय दशैं कप फुटबल प्रतियोगितामा द्धितिय स्थान हासिल गरेको कप खेलाडीहरुले वडा कार्यालयलाई हस्तान्तरण गरेकाछन् ।

Loading...