‘घुमिफिरी बन्दिपुर’माथि चर्चा

चितवन । चिजकुमार श्रेष्ठद्धारा लिखित घुमिफिरी बन्दिपुर आत्म कथा पुस्तकको शनिबार नारायणगढमा समिक्षा बिर्मश गरिएको छ । लेखक चिजकुमार श्रेष्ठले आफु बन्दिपुर बस्दा भोगेका घटनाहरु पुस्तकमा समेटनुभएको बताउनुभएको छ ।

पुस्तक सरल र सहज भाषामा लेखीएको पुस्तक बिमर्शकर्ताहरुले बताएका छन । पुस्तक मिठो भाषामा संगै युवाहरुलाई प्रेरणा जगाउने तवरले लेखिएको बताएका छन । बरिष्ठ साहित्यकार गोबिन्द राज बिनोदी र गायत्री श्रेष्ठले पुस्तकको समिक्षा गर्नुभएको थियो । बन्दिपुर सेवा समिति चितवनको तदर्थ समितिका अध्यक्ष विनय श्रेष्ठको अध्यक्षतामा भएको सो पुस्तक बिमर्श कायृक्रममा बरिष्ठ साहित्यकार प्रेम बिनोद नन्दनको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बरिष्ठ साहित्यकार खगेन्द्र सग्रैला, के एल भुषाल, कृष्णबन्धु पिया, आखा अस्पलात भरतपुरकी सहव्यवस्थापक छाया श्रेष्ठ लगायतका व्यक्तिहरुको सहभागिता रहेको सो कार्यक्रममा समितिका सल्लाहकार रेशमलाल श्रेष्ठले स्वागत मन्तव्य व्यत्तल गर्नुभएको थियो ।

Loading...