ग्यास उद्योगमा अागलागी, दुर्इको मृत्यु बस्ती खाली गरार्इँदै

वीरगञ्ज । वीरगञ्ज उपमहानगरपालिका बहुवरी स्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ । आगोलागीमा परी दुर्इजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अागो नियन्त्रण गर्न दमकल र प्रहरीले प्रयास गरिरहेका छन् ।

उद्योगमा बिहान ६:३० बजे आगो लागेको हो। आगो अझै नियन्त्रणमा आएको छैन। आगो निभाउन प्रयोग गरिएको दमकल समेत आगलागीमा परेको छ। उद्योगमा ग्यास सिलिन्डर पड्किएको आवाज आएको छ। ग्यास उद्योग वरिपरिको बस्ति खालि गर्न लागिएको छ।

Loading...