अन्तिम वलमा कृष्णको चौकासँगै भैरहवा ६ विकेटले विजयी

काठमाडौं । राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तगर्त बिहीबार भएको पहिलो खेलको अन्तिम वलमा कृष्ण कार्कीको चौकासँगै भैरहवा ग्लाडिएटरले ललितपुर प्याट्रियट्सलार्इ ६ विकेटले पराजित गरेको छ । आठौं नम्बरका ब्याट्सम्यान कृष्ण कार्कीले इनिङको अन्तिम बलमा चौका प्रहार गरेपछि शरद भेषावकरको टोली भैरहवा ग्लाडिएटर्सले एभरेष्ट पि्रमियर लिग ईपीएलमा लगातार दोस्रो जित दर्ता गरेको हो ।

ललितपुर प्याटि्रयट्सले १४२ रनको लक्ष्य पछ्याएको भैरहवाले ६ विकेट गुमाएर इनिङको अन्तिम बलमा जित निकालेको हो । १९.५ ओभरमा रोहितकुमार पौडेल रनआउट भएपछि आएका कार्कीले सुबोध भाटीको बलमा चौका प्रहार गरेका थिए ।

भैरहवाको जितमा रोहित पौडेलले ११ बल खेलेर ५ चौका र १ छक्का प्रहार गरेपछि भैरहवाको जितको आधार तय भएको थियो । त्यसअघि पुनित विष्टले पनि अर्धशतकीय पारी खेलेका थिए । मोहम्मद आरिफ शेख २७ रनमा अविजित रहे ।

बलिङतर्फ ललितपुरका योगेश नागरले २ विकेट लिए । यसअघि कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । उसका लागि योगेश नागरले ५४ रनको अर्धशतकीय पारी खेले पनि कप्तान ज्ञानेन्द्र मल्ले पनि ४२ रन बनाए । मध्यक्रमका अन्य व्याट्सम्यानको प्रदर्शन सन्तोषजनक नहुँदा ललितपुरले पराजय ब्यहोर्नुपर्‍यो ।

बलिङतर्फ भैरहवाका दिपेश श्रेष्ठले ३ तथा पुनित मिश्र र आरिफ शेखले २/२ विकेट लिए । खेलको म्यान अफ द म्याच पुनित विष्ट चुनिए ।

Loading...