सिद्धिका चेपाङलाई उन्नत जातको बोका वितरण

चितवन । सिद्धीका चेपाङ समुदायको आयआर्जनका लागि सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्टले उन्नत जातको बोका वितरण गरेको छ । सिद्धीको विकासमा एक कदम नामक परियोजना संचालन गरेको सोसल इम्प्याक्टले विहीवार एक कार्यक्रमको आयोजना गरी २७ वटा विभिन्न जातका बोका वितरण गरेको हो ।

सिद्धीका कृषकको आयआर्जन वृद्धिका लागि वन्दीपुरबाट ल्याईएको बोर,जमुनापारी तथा जमुनापारी र बारवेरीको क्रस बोका वितरण गरिएको सपना भिलेज सोसल इम्प्याक्टका कार्यक्रम निर्देशन सुजन वस्नेतले जानकारी दिए । कार्यक्रम निर्देशक वस्नेतका अनुसार १५ वटा बोर जातको,११ वटा जमुनापारी र १ वटा जमुनापारी र बारबेरीको क्रस बोका वितरण गरिएको हो ।

कालिका नगरपालिका १० तीन दोभानमा आयोजित कार्यक्रममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ,सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष धु्रव गिरी,संचालक सजनराम भण्डारीले बोका वितरण गरेका थिए । सो अवसरमा वोल्दै मेयर श्रेष्ठले साविक सिद्धी गाविस मौरी र वाख्रापालनका लागि उपयुक्त क्षेत्र रहेकाले विगतमा वितरण गरिएपनि लेखाजोखा नभएकाले यसमा गम्भीर हुन आग्रह गरे ।

सोसल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले सिद्धीमा परियोजना संचालन गरेपछि चेपाङ समुदायमा परिवर्तन आएको दावी गरे । चेपाङ समुदायको परिवार,टोल,स्वाथ्यकर्मीहरुबीच प्रतिस्पर्धा गराई उनीहरुको जीवनशैलीमा परिवर्तन ल्याउने सोसल इम्प्याक्टको लक्ष्य छ

Loading...