राज्जा रानीको प्रदर्शन पुस २१ बाट

चितनव । बाल बिवाह र दाईजो प्रथामा आधारित रहि निर्माण गरिएको चलचित्र राज्जा रानी यहि पौष २१ गतेदेखी प्रर्दशनमा आउने भएको छ । चलचित्र युनिटले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरि सो जानकारी गराएको छ । चलचित्रले मधेश समुदायमा रहेको दाइजो प्रथाको कथालाई उठाएको छ ।
ि
बशेष गरेर नेपालको तराई क्षेत्रमा बिद्यमान रहेको बाल विवाह र दाईजो प्रथा अन्त्य हुनुपर्छ भनि सन्देशमुलक र मनोरञ्जनात्मक रुपमा चलचित्र निर्माण गरिएको चलचित्रका नायक नाजिर हुसेनले बताउनुभयो । सामाजिक यथार्थता र सत्य घटनामा आधारित चलचित्र रहेको नायक हुसेनले बताउनुभएको छ । उहाले चलचिमा रहेको आफ्नो भुमिकाका बारेमा बताउदै एकदम धेरै एटिच्युड भएको केटाको भुमिकामा रहेको उल्लेख गर्नुभएको हो ।

चलचित्रकी नायीका केकी अधिकारीले चलचित्रमा रानीको भुमिका आफ्नो लागि बिशेष रहेको बताउनुभयो । उहाले नया भुमिका गर्न पाउदा खुशी भएको बताउनुभएको छ । उहाले चलचित्रले मनोरञ्जन मात्र नभई समाजमा रहेको दाईजो प्रथा बिरुद्धको आवाजका साथ सन्देश पनि दिएको उल्लेख गर्नुभएको हो ।

चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रको रमेश एम के पौडेलले निर्माण गर्नुभएको हो भने लेखन तथा निर्देशन यम थापाको रहेको छ । चलचित्रमा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

यो चलचित्र मैथिली भाषामा पनि प्रदर्शन हुदैछ । सो चलचित्र युनिट र वाल विवाह एवम दाईजो बिरुद्ध देशव्यापी जागरण अभियान नै चलचित्र प्रमोशनको लागि देश दौडाहामा रहेको छ । बिराटनगर बाट शुरु गरिएको प्रमोसनल टुर देशभरि नै गरिने भएको छ ।

Loading...