नवलपुरका तीन सहकारी बिच एकिकरण

नवलपुर । किसान साकोस् गैँडाकोटको २२औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । नेफ्स्कुनका केन्द्रिय अध्यक्ष डि.बि बस्नेतको प्रमुख आतिथ्यता तथा किसान बचत तथा ऋण सहकारी संस्था गैडाकोटका अध्यक्ष श्रीहरि चालिसेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै, नेफ्स्कुनका केन्द्रिय अध्यक्ष डि.बि बस्नेतले किसान साकोस मुलुकको सहकारी आन्दोलनको क्षेत्रमा सिकाईको थलो बनेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले गैडाकोटका २ ठुला सहकारी अब एकिकरण गरेर गैँडाकोटलाई देशकै सहकारी हब बनाउनुपर्ने आवश्यकता समेत औल्याउनुभयो ।

सहकारीले गरिबी उन्मुलनमा ठुलो योगदान दिएको चर्चा गर्दै उहाँले सहकारीलाई ब्यबस्थित र पारदर्शि बनाउदै अघि बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेफ्स्कुनका संचालक शान्ति अधिकारी, नेपाल सरकारका निर्वित सचिब पुरुषेत्तम पौडेल, युवा स्वोरोजगार कोष नवलपरासीका सदस्य सचिब प्रितम भुजेल, बिकु बचत सहकारीका सचिब गोबिन्द रिमाल लगायतले मन्तब्य राख्दैं सहकारीले समुदायमा पुयाएको योगदानको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका सचिब अनिल सापकोटाले आर्थिक वर्ष ०७३–०७४ को प्रगति प्रतिबेदन तथा ०७४–०७५ को प्रस्ताबित निती तथा कार्यक््रम प्रस्तुत गर्दै शेयर सदस्य मैत्री बन्दै अगाडी बढ्ने बताउनुभयो । सचिब सापकोटाले यस वर्षदेखि थप उत्कृष्ट कार्यक्रमलाई अगाडी बढाउन लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष कृष्ण प्रसाद ज्ञवालीले आर्थिक वर्ष ०७३–०७४ को आर्थिक प्रतिवेदन यस्तै आर्थिक वर्ष ०७४–०७५ को प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा किसान राष्ट्रिय सहकारी पुरस्कारबाट नेफ्स्कुनका द्तििय अध्यक्ष कैलास भक्त प्रधानांग लाई सम्मान गरिएको छ । उहाँलाई नगद रु २५हजार र दोसल्ला र प्रमाणपत्र द्धारा सम्मान गरिएको हो । यस्तै संस्थाले ४० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ भने ४ दर्जन उत्कृष्ट शेयर सदस्य र उत्कृष्ट ऋिणीहरुलाई समेत सम्मान गरेको छ ।

Loading...