संविधान संशोधन नभए पुनः अान्दोलन

सिराहा । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शनिबार राजविराजमा आयोजित कार्यक्रममा महतोले मधेश गठबन्धनले निर्वाचनमा मधेशी जनताको जनादेश पाएअनुसार संविधान संशोधनलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

मधेशी जनताको जनादेशले छ मधेशवादी दललाई एकै छातामुनि ल्याएको भन्दै उनले निर्वाचनको परिणाम कुनै दलको नभएर मधेशी जनताको भएको जिकिर गरे ।

Loading...