निजि उद्योगहरुले सामाजिक दायित्व भुल्न नहुने पुर्व अर्थमन्त्री डा.लोहनीको भनाई

चितवन । पोल्ट्री क्षेत्रको अग्रणी उद्योग पन्चरत्न गु्रपले २५ औं वार्षिक उत्सवको अवसर पारेर निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गरेको छ ।शनिबार पन्चरत्न फिड्स कल्याणपुरमा उद्योगमा कार्यरत कर्मचारी र उद्योग आसपासका सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

पुर्व अर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले आफ्नो स्वास्थ्य परिक्षण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा वोल्दै पुर्व अर्थमन्त्री डा.लोहनीले निजि उद्योगहरुले सामाजिक दायित्व भुल्न नहुने वताउनुभयो । पन्चरत्न गु्रपले कर्मचारी र स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण गरेर सामाजिक काममा पनि अग्रणी उद्योगका रुपमा स्थापित भएको नमुना प्रस्तुत गरेको उहाँले वताउनुभयो ।

कृषि उद्योग फस्टाउन सकेमात्र देशले आर्थिक संमृद्धी हाँसिल गर्ने लोहनीको भनाई छ । वार्षिक उत्सवका अवसरमा शनिबार देखी १४ गतेसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरिएको गु्रपका प्रवन्ध निर्देशक डा. तिलचन्द्र भट्टराइले जानकारी दिनुभयो ।

वार्षीक उत्सवका कार्यक्रम अन्र्तगत निःशुल्क स्वास्थ्य परिक्षण,रक्त्तदान,प्राविधिक सेमिनार, पिटुसिटु अन्र्तरगत आस्रित वालवालिकालाई न्यानो कपडा वितरण,अन्तर कर्मचारी भलिवल, फुटसल, हाजिरिजवाफ प्रतियोगिता, उद्योगवाट उत्पादित वस्तुको प्रयोगकर्ता र डिलरहरु विच छलफल कार्यक्रम आयोजना गरिएको भट्टराइले वताउनुभयो । उहाँले उद्योगको समाजिक दायित्व अन्र्तगत निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा चितवन मोडेल अस्पतालका चिकित्सक सहितको टोलिले स्वास्थ्य परिक्षण गरेको गु्रपका सिइओ सुवास वाग्लेले जानकारी दिनुभयो । उहाँले करिव २ सय जनाको कर्मचारी र स्थानियको स्वास्थ्य परिक्षण गरिएको वताउनुभयो । सो अवसरमा ८० जनाको ल्याव टेस्ट र ५० जना क्यान्सर टेष्ट गरिएको थियो । २०५० सालमा सानो उद्योगको रुपमा स्थापना भएको पन्चरत्न गु्रपले २५ बर्षको यात्रामा देशका विभिन्न क्षेत्रमा उद्योगहरु खोल्न सफल भएको छ ।

विषय विशेषज्ञ सहभागी पन्चरत्न गु्रप दाना र चल्ला उत्पादनमा अग्रणी उद्योगको रुपमा स्थापना भएको छ,भने अण्डा उत्पादनमा देशकै ठुलो उद्योग हो । गु्रप अन्र्तगतका उद्योगवाट दैनिक डेढ सय टन दाना,करिव १५ सय पेटी अण्डा र हप्ताको एक लाख चल्ला उत्पादन हुने गरेको छ । प्रचरत्न गु्रप अन्र्तरगत चितवनमा पन्चरत्न फिड,ह्याचरी,एग्रो हेल्थ वायोटेक छन् भने पुर्वान्चल पोल्ट्री फर्म सप्तरी,विराट पोल्ट्री मोरङ,सुनसरी पोल्ट्री सुनसरी,सन फिड इटहरी,पश्चिमान्चल पोल्ट्री कोहलपुर,रुची पोल्ट्री पोखरा र सिद्धदेवी इन्टरनेशनल टेडिङ कम्पनी काठमाडौंमा रहेका छन् ।

Loading...