नारायणी कला मन्दिरको अध्यक्षमा अमरदेव प्रधान

चितवन । नारायणी कला मन्दिरको अध्यक्षमा अमरदेव प्रधान चयन हुनुभएको छ । नारायणी कला मन्दिरको ४२ औँ वार्षिक साधारण सभा तथा अधिवेशनले प्रधानको नेतृत्वमा ११ सदस्य चयन गरेको हो । नयाँ सदस्यहरुमा उद्धव जोशी, रविन्द्र रेग्मी, सुविर श्रेष्ठ, सुशनलाल प्रधान, अनुकुल श्रेष्ठ, तार्जन श्रेष्ठ, हर्षमान श्रेष्ठ, पुष्प आचार्य, दिपक शाही ठकुरी, गणेश कुमार विपना, शुशिल गोपाल न्याछ्यो चयन हुनुभएको हो । त्यस्तै पधाधिकारीहरु भने नयाँ कार्यसमितिले चयन गर्ने नवनिर्वा्चित अध्यक्ष प्रधानले जानकारी दिनुभयो ।

यसैगरी नारायणी कला मन्दिरको श्रीबृद्धिको लागि सक्दो सहयोग गर्ने भरतपुर महानगरपालीकाकी प्रमुख रेनु दाहालले बताउनुभयो । नारायणी कला मन्दिर नारायणगढको सोमबार भएको ४२ औं साधारणसभा तथा अधिबेशनको उद्धघाटन शत्रमा बोल्दै उहाँले निकट भविष्यमै बन्न लागेको बहुउदेश्य सभाहलको लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

सुबिधा सम्पन्न सभाहल बनाउन पुष्पकमल दाहाल प्रचण्डको पहलमा शहरी बिकास मन्त्रालयको योजना मार्फत ५ करोड प्राप्त भएको जानकारी गराउनुभएको छ । उहाले नारायणी कला मन्दिरलाई महानगरको सभाहलको रुपमा अघि बढाउन जरुरत रहेको बताउनुभएको हो । कला , संस्कृतिको संरक्षणमा कला मन्दिरको भुमिकाको उहाले खुलेर प्रशंसा समेत गर्नुभएको थियो ।

नारायणी कला मन्दिर नारायणगढको सोमबार ४२ औं साधारणसभामा संस्थाका सचिव उद्धव जोशीले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष रविन्द्र रेग्मीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष अमर प्रधान स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा भरतपुर महानगरपालीका वडा नम्बर २ का वडाध्यक्ष पुर्ण बहादुर श्रेष्ठ, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले बहुउदेश्यीय सभाहल निमार्णको लागि आर्थीक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सोमबार नै मारुनीको १६औ अंक फन्को स्मारिकाको बिमोचन गरिएको थियो । कला संस्कृतिको संरक्षण र सम्र्बद्धनको लागि बि.स. २०१९ सालमा नारायणी कला मन्दिरको स्थापना भएको थियो ।

नारायणी कला मन्दिरका निर्वतनमा अध्यक्ष उमेश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कला मन्दिरका संरक्षक सदस्यहरु महेन्द्रलाल प्रधान, भरतपुर महानगरपालिकाका वडा नम्वर दुईका अध्यक्ष पुणबहादुर श्रेष्ठ, पुर्व अध्यक्ष विज्ञानलाल श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

Loading...