१४ औँ हात्ती महोत्सव भोली देखि

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिदै आएको चितवन हात्ती महोत्सवको १४ औं संस्करण मंगलबारबाट शुरु हुदैछ । भोली देखि १५ गते सम्म चितवनको सौराहामा आयोजना हुन लागेको हात्ती महोत्सवकोे तयारी पूरा भएको आयोजक संस्था क्षेत्रिय होटल संघ सौराहाले जनाएको छ ।

प्रतियोगीताका लागि आवश्यक पर्ने खेल मैदान व्यवस्थापन देखि स्वागत गेट निर्माण लगायतका सम्पूर्ण तयारी सकिएको संघका अध्यक्ष सुमन घिमिरले जानकारी दिए१४ औं संस्करणको एक भव्य समारोहकाबीच नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रम उद्धघाटन गर्ने तय भएको अध्यक्ष घिमिरेले जानकारी दिए ।बाजागाजा सहित स्थानिय भेषभुषा सहितको एक दर्जन भन्दा बढि संघसंस्था सहभागी ¥यालीले सौराहा बजार परिक्रममा गरि कार्यक्रममा प्रधानमन्त्री देउवाले सिठी फुकेर उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतियोगिता स्थलमा पर्यटकहरुको सुविधाका लागि शुल्क सहितको मिनि स्टेडियम समेत निर्माण भएको छ ।यसैगरि हात्ती वनभोज कार्यक्रममा १ सय बढी हात्ती सहभागी हुने र उनीहरुलाई रुचि अनुसारको सक्कर, धान, केरा, काउली, बन्दा, उखु स्याउ, गाजर, सुन्तला लगायतका अन्य परिकारहरु खुवाईने तयारी भएको हात्ती वनभोज कार्यक्रमका संयोजक भेषराज दुवाडीले जानकारी गराए ।

बाघमारा मध्यवर्ती सामुदायिक वनको खुल्ला चौरमा हुने महोत्सवमा हात्तीवाकमा २० वटा, गत बर्षबाट थप गरेको हात्ती पोलोमा ४ वटा, हात्ती फुटबलमा ४, हात्ती श्रृगांरमा ५ वटा, र हात्ती वनभोजमा १ सय वटा हात्ती सहभागी हुने हाती बनभोज व्यवस्थापन समितिका संयोजक भेषराज दुवाडीले जानकारी दिए ।साथै यस बर्षदेखि जनावरमैत्री हात्ती महोत्सवमा हात्तीको संरक्षणलाई थप उजागर गर्न हात्ती बार्थिगं प्रतियोगिता थप गरेको संघका सचिव दामोदर रेग्मीले बताए । यस प्रतियोगितामा ५ वटा हात्ती थप हुने उनले बताए ।

महोत्सवमा ६० वटा व्यावसायिक र संरक्षणमूलक स्टल राखिएको र प्रतियोगिता सम्पन्न गर्नका लागि ४० लाख खर्च लाग्ने अनुमान आयोजकले लिएको क्षेत्रिय होटल संघका सह कोषाध्यक्ष एवं आर्थिक समिति संयोजक गंगा गिरीले जानकारी दिए । प्रतियोगिताको आन्तरिक र बाह्य गरी करिब १ लाख ५० हजार बढि पर्यटकले अवलोकन गर्ने एवम् दुई करोड रुपैया भन्दा बढीको आथिर्क कारोबार हुने आयोजकको अपेक्षा छ । यो बर्ष प्रतियोगिता अवधिमा विदा समेत परेकोले गत बर्ष भन्दा २० प्रतिशतले आन्तरिक पर्यटकहरुको वृद्धि हुने घिमिरेले बताए ।

Loading...