सरकार गठनभन्दा पहिले पार्टी एकताः मन्त्री पोखरेल

मोरङ । माअोवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सरकार गठन अगाडि नै पार्टी एकता हुनुपर्ने बताएका छन् । प्रेस सेन्टर मोरङले गरेको पत्रकार सम्मेलनमा बोल्दै बिनाविभागीय मन्त्री समेत रहेका पोखरेलले

जनताले वाम गठबन्धनलाई जनमतसहित एकताका लागि दबाब दिएको समेत उनले बताए । नेता पोखरेलले वाम गठबन्धनलाई फुटाउने षडयन्त्र पनि भइरहेको भन्दै उनले वाम गठबन्धनबाहेकको सरकार जनादेश विपरीत हुने बताए ।

निर्वाचनको परिणाम आइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजनीतिक र नैतिक दृष्टिकोणले राजीनामा दिनुपर्ने उनको भनार्इ थियो ।

राष्ट्रियसभाको अध्यादेशको सन्दर्भमा उनले प्रमुख राजनीतिक दलहरु मिलेर यस समस्याको समाधान गर्नुपर्ने बताए ।

Loading...