पटुकी पुस २१ गतेबाट प्रदर्शनमा आउने

चितवन । सामाजिक र पारिवारीक बिषयबस्तुमा आधारित रहेर निर्माण गरिएको चलचित्र पटुकी यही पौष २१ गतेदेखी देशभर प्रर्दशनमा आउने भएको छ । जिवन यात्रामा संघर्ष, माया, समाज र परिवार संगै एउटी नारीले आफुलाई कसरी प्रस्तुत गर्छिन भन्ने बिषयबस्तुलाई चलचित्रमा झल्काउन खोजीएको चलचित्रका कथा लेखक म्याक्टेन कालुले बताउनुभयो ।

महिलाले कम्मरमा बाध्ने कपडा जसलाई पटुकी भनिन्छ नेपाली संस्कृतिमा यसको बिशेष महत्व पनि रहेको छ । हिजो आज पटुकीको महत्व घटदै गएको अवस्थामा महत्व दर्शाउन चलचित्रमा पटुकी शब्दको प्रयोग गरिएको चलचित्रका कथा लेखक म्याक्टेन कालुले उल्लेख गर्नुभयो । चलचित्रमा नायक जेम्स बिशी र नायीकाको रुपमा रजनी केसी तथा दिपक कडेल, रोजी श्रेष्ठ, पिताम्बर आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्र जेम्स बिशीको डेव्यु चलचित्र रहेको छ । यसअघि बिभिन्न म्युजिक भिडियोमा काम गरेको अनुभव संगालेका नायक बिशिीले नदेखी नभेटीकनै पनि माया गर्ने लवर ब्याईको भुमिका चलचित्रमा रहेको बताउनुभयो । चलचित्रको प्रचार प्रसार भव्य रुपमा गर्न नगरेपनि चलचित्रलाई दर्शकले मन पराउने र माया गर्ने आशा गरेको समेत उल्लेख गर्नुभएको छ । चलचित्रकी नायीका रजनी केसीले यसअघिका चलचित्रमा भन्दा यस चलचित्रमा बढी मेहेनत गरेको हुनाले राम्रो बनेको भन्दै चलचित्र हेरिदिनु हुन दर्शकहरुलाई आग्रह गर्नुभएको छ ।

शिव बिकको कोरीयोग्राफी रहेको छ भने लक्षमण घिमिरेले चलचित्रको छायाङकन गर्नुभएको हो । राम नेपालको निर्देशनमा तयार भएको यो चलचित्रलाई तिलकबहादुर साक्रीले निर्माण गर्नुभएको हो । चलचित्र उत्कृष्ट बनेकाले दर्शकलाई हेरेर प्रतिकृया दिन निर्देशक राम नेपालले आग्रह गर्नुभएको छ । यो चलचित्रको कथावस्तुलाई लिएर निर्माणपक्ष भने विश्वस्त देखिएको छ ।

Loading...