सौराहामा सुरू भयो हात्ती महोत्सवको रौनक (चित्रकथा)

चितवन । चितवनको पर्यटकिय नगरी सौराहामा मंगलबारदेखि १४ औं चितवन हात्ती महोत्सव सुरु भएको छ । महोत्सवको प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समुद्घाटन गर्नुभयो ।

समुद्घाटन समारोहमा हास्यकलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न संरक्षणकर्मीहरुलाई प्रधानमन्त्री देउवाले सम्मान पत्रले सम्मान गर्नुभयो । समुद्घाटन समारोह अघि विभिन्न जातजातिको सँस्कृति झल्कने गरि झाकीसहितर्को याली निकालिएको थियो । समुद्घाटन समारोहमा प्रदेश सभा सदस्य कृष्ण खनाल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

क्षेत्रीय होटल संघ चितवन सौराहाले ‘समाज, संरक्षण र समृद्धि भन्ने नाराका आयोजना गरेको महोत्सव पुस १५ गतेसम्म चल्नेछ । यसले सौराहाको आन्तरिक तथा बाह्य पर्यटकलाई आर्क्षित गर्ने छ । महोत्सवमा विगतका वर्षहरुमा भन्दा महोत्सवका कार्यक्रमहरु परिमार्जित गरिएका छन ।

यसवर्ष हात्ती वनभोज कार्यक्रम, हात्ती फाष्टवाक प्रतियोगिता, हात्तीको छावाहरुको फुटबल प्रतियोगिता, हात्ती श्रृंगार प्रतियोगिता महोत्सवको आर्कषण रहेका छन् । त्यसैगरी हात्ती पोलो प्रतियोगिता, हात्ती पेन्टीङ प्रतियोगिता, हात्ती बार्थिङ कार्यक्रमका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध साँस्कृतिक कार्यक्रम रहेको छ ।

महोत्सव अन्तर्गत हात्ती बनभोज कार्यक्रमसंगै, हात्ती फाष्टवाक प्रतियोगिता २० वटा, हात्तीको छावाहरुको फुटबल प्रतियोगितामा १० वटा, हात्ती श्रृंगार प्रतियोगितामा ५ वटा, हात्ती पोलो प्रतियोगितामा ८ वटा, हात्ती पेन्टीङ प्रतियोगितामा ५ वटा, हात्ती बार्थिङ कार्यक्रममा ५ वटा हात्तीहरुलाई सहभागी गराईने महोत्सवका संयोजक दीपक भट्टराईले जानकारी दिनुभयो ।

 

 

Loading...