रानीपोखरी पुनःनिर्माणमा राजनीतिः उपमेयर ताला लगाउने मेयर तोड्ने

काठमाडौं । पुरातात्विक सम्पदा सूचीमा रहेको रानीपोखरीको पुनर्निर्माणको विषयलाई लिएर काठमाडौ महानगरपालिकाका मेयर र उपमेयरबीचको विवाद चरमउत्कर्षमा पुगेको छ ।

पुनर्निर्माणका क्रममा रानीपोखरीमा क्रंक्रिट राख्ने वा नराख्ने भन्नेमा विवाद भएपछि मंगलबार उपमेयर हरिप्रभा खड्कीले रानीपोखरीको अवलोकन गरी काम रोकेकी थिइन् । तर मेयर विद्यासुन्दर शाक्यले उपमेयरको अवरोध हटाए ।

२०७२ बैशाख १२ को भुकम्पले ध्वस्त बनेको रानीपोखरी काठमाडौ महानगरपालिकाको अगुवाइमा पुननिर्माण सुरु भएको हो । तर, यसमा मेयर शाक्यले उपमेयर खडगीसँग कुनै छलफल नै नगरी पुननिर्माण सुरु गरेको भन्दै उपमेयर खड्गीले असनतुष्टि जनाउदै आएकी थिइन् ।

यसैक्रममा क्रममा मंगलबार पुननिर्माणको अवलोकन गर्न पुगेकी उपमेयर खड्गीले रानीपोखरीमा क्रंक्रिट राख्दा त्यसको महत्व घट्ने र यसमा पुरातत्वविदहरुले समेत विरोध गरेकाले काम बन्द गर्न निर्देशन दिदै रानीपोखरीको गेटमा ताला लगाएकी थिइन् ।

उपमेयर खड्गीले ताला लगाएको समचार आएलगत्तै पुन मेयर शाक्यको टोली रानीपोखरी पुगेर उक्त ताला तोडेको छ । पछिल्लो समय रानीपोखरीमा पुननिर्माणका नाममा काठमाडौ महानगरका जनप्रतिनिधिबीच राजनीतिक स्वार्थका आधारमा निर्णय हुन थालेकाले यस्तो विवाद बढेको जानकारहरु बताउँछन् ।

Loading...