इपीएलको फाइनलमा भैरहवा र पोखरा भिड्ने

काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपीएलको उपाधिका लागि विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर भिड्ने भएका छन् । बिहिबार रोहितकुमार पौडेलको आक्रमक पारीसँगै भैरहवा ग्लार्डिटर्स एभरेष्ट प्रिमियर लिग क्रिकेटको फाइनलमा पुग्यो ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवाले ललितपुरमाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । १३३ रनको लक्ष्य पछ्याएको भैरहवालाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो । दिनेश भण्डारीको पहिलो बलमा छक्का भैरहवाका रोहितले छक्का हाने । फेरी उनैले दोस्रो बललाई पनि छक्का हान्दै टाइ गरे ।

अन्तिम बलमा एक रन जोड्दै तीन बल अघि नै उनले जित दिलाए । १७ बलको सामना गरेका उनी २८ रनमा अविजित रहे । ८८ रन जोड्दा ६ विकेट गुमाइसकेको भैरहवाका लागि रोहित र पुनित मिश्रले २७ रनको साझेदारी गरे । मिश्र व्यक्तिगत १६ रनमा आउट भए ।

भैरहवाका कप्तान भरद भेषावकर मात्र ९ रनमा आउट भए । यसअघि पहिले ब्याटिङ गरेको ललितपुरले सुरुवात राम्रो गरेको थियो । शंकर राना र कोल्सावालाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे ।

कोल्सावाला ४२ रनमा आउट भएपछि ठूलो साझेदारी हुन सकेन र २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाउन सक्यो ।

उसका लागि सन्नी पटेलले २४, दिनेश भण्डारीले २२ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले २० रन जोडेका थिए ।

Loading...