समानुपातिक प्रदेशसभा सदस्यको नामावली अायोग पठाउँदै माओवादी केन्द्रले

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुङ्गो लगाएको छ । माअोवादी केन्द्रले समानुपातिक तर्फ पार्टीले पाएको सिट संख्याका अाधारमा प्रदेशसभा सदस्यको नामावली निर्वाचन अायोगमा शुक्रबार बुझाउँदै छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज दिउँसो बसेको पार्टीको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुङ्गो लगाएको हो । टुङ्गो लगाइएको नामावली अाज शुक्रबार निर्वाचन आयोगमा पठाउने तयारी गरिएको पार्टी प्रवक्ता पम्पा भूषालले जानकारी दिइन् ।

Loading...