प्रदेशसभा समानुपातिक तर्फको संसदको नाम बुझाउन अाज अन्तिम दिन, नाम टुंग्याउन गृहकार्यमा दलहरू

काठमाडौं । राजनीतिक दलहरु प्रदेशसभातर्फको समानुपातिक सांसदको टुंगो लगाउन तयारीमा जुटेका छन् । निर्वाचन आयोगले दिएको समयसीमाअनुसार शुक्रबार कार्यालय समयभित्र दलहरुले प्रदेशसभामा पाएको सिट संख्याअनुसार समानुपातिक सांसदको सूची बुझाइसक्नुपर्छ । त्यसैले साना ठूला सबै राजनीतिक दलहरु सूची तयार पार्ने तयारीमा जुटेका हुन् ।

निर्वाचन आयोगका सहायक निर्वाचन अधिकृत गिताप्रसाद तिम्सिनाकाअनुसार बिहीबार नेमकिपा, साझा विवेकशील र दुई नम्बर प्रदेशमा एक सिटमात्र पाएको नेपाल संघीयसमाजवादी पार्टीले समानुपातिकको सूची बुझाएका छन् ।

नेकपा एमाले र माअोवादीले प्रदेशसभामा समानुपातिकतर्फ सांसदको टुंगो लगार्इसकेका छन् भने काँग्रेस छलफलमा छ । एमालेले प्रदेशसभा तर्फ ७५ काँग्रेसले ७२ र माोवादी केन्द्रले ३५ सिट पाएका छन् ।

त्यस्तै १३ सिट पाएको संघीय समाजवादी फोरम नेपालले पनि सदस्यको टुंगो लगाएको छ । राजपाले १२, राप्रपाले ३, साझा विवेकशीलले ३ र राष्ट्रिय जनमोर्चाले २ सिट पाएका छन् ।

याँ शक्ति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपा प्रजातान्त्रिकले भने प्रदेशसभामा १-१ समानुपातिक सिट पाएका छन् ।

Loading...