भारतले दोक्लम सम्झौता पालना नगरेको चीनको अारोप

काठमाडौँ । झण्डै अढाई महिना पछि साम्य भएको दोक्लाम सीमा विवाद अन्त्य गर्दा भएको सहमति भारतले पालाना नगरेको चीनले आरोपल लगाएको छ।

चिनियाँ रक्षामन्त्रालयका प्रवक्ता कर्नेल रेन गुओकियाङले बिहीबार बेइजिङमा बोल्दै सीमा विवाद अन्त्य गर्न दुई देशबीच भएको सम्झौताको पूर्ण पालना नगरेको आरोप लगाए ।

भुटान, चीन र भारतको त्रिदेशीय बिन्दु दोक्लाम क्षेत्रनजिकै चिनियाँ सेनाले सडक निर्माण सुरु गरेपछि गत जुलाई १६ देखि भारत र चीनबीच सीमा विवाद भएको थियो जुन झण्डै दुई महिना पछि अगष्ट २८ मा टुंगिएको थियो।

ब्रिक्स सम्मेलनको पूर्वसन्ध्यामा चीनले सडक निर्माण रोक्ने र भारतले सेना फिर्ता गर्ने सहमतिपछि भएको थियो।

प्रवक्ता कर्नेल रेन गुओकियाङले भारतले सीमा क्षेत्रमा खटाइएका सुरक्षा फौजलाई ‘पूर्ण नियन्त्रण’ नगरेको बताए। उनले शान्ति र स्थायित्व कायम राख्न भारत इमान्दार हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘हामीलाई आसा छ भारतीय पक्षले सिमाबारे दुई देशबीच भएको सहमति इमान्दारीताका साथ कार्यान्वयन गर्ने छ र सिमा रक्षक दललाई कडाई पूर्वक नियन्त्रन गरि चीन–भारत सेना–सेना सम्बन्ध बिकासका लागि सकरात्मक बिकासका लागि अझै धेरै काम गर्ने छ।’

डोक्लाम क्षेत्रको विवाद उल्लेख गर्दै रेनले चिनियाँ सेनाले देशको सार्वभौमिकता र सुरक्षा चासोलाई रक्षा गरेको दाबी गरे । उनले भने, ‘चिनियाँ सेनाले दोक्लाम र साउथ चाइन समुद्रमा भएको विवादलाई सामना गर्दै चीनको अधिकार र स्वार्थको पूर्णरूपमा रक्षा गरेको छ ।’

दुई देशबीच ३ हजार ४ सय ८८ किलोमिटर लामो सीमा जोडिएको छ।

Loading...