नेपाली टोपी दिवस सोमबार मनाइँदै

चितवन । सगरमाथा झै उच्च स्वाभिमान नेपाली टोपी राष्टको पहिचान नाराका साथ युवाहरुको समुह ब्रदर नेपालले यहि सोमबार नेपाली टोपी दिवस कार्यक्रम गर्ने भएको छ । नेपाली संस्कृति परम्परा र राष्टियता संग प्रत्यक्ष जोडिएको नेपाली ढाका टोपीको संरक्षणका लागि युवाहरुको अभियान रहेको ब्रदर नेपालका भाईस प्रेसिडेन्ट तथा कार्यक्रम संयोजक बिशाल कोईरालाले बताउनुभयो ।

शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरि अग्रेजी नया बर्षको अवसर पारेर पुलचोक देखी जिल्ला प्रहरी कार्यालय चितवन अगाडी रहेको गेष्ट हाउस चौरसम्म ¥याली तथा गेष्ट हाउस चौरमा नै बिबिध सांस्कृतिक कार्यक्रम र सडक नाटक प्रस्तुत गर्ने तयारी गरिएको कार्यक्रम संयोजक कोईरालाले जानकारी दिनुभएको छ । नेपाली टोपी जोगाउन पर्छ भन्ने अभियानका साथ गत दुई बर्षदेखी चितवनमा नेपाली टोपी दिवस मनाउन थालिएको जानकारी समेत उहाले दिनुभएको छ ।

युवाहरुको समुह ब्रदर नेपालले सामाजिक हितका बिभिन्न कार्यक्रमहरु गर्ने गरेको छ । ब्रदर नेपालले आयोजना गरेको कार्यक्रममा सह आयोजकका रुपमा एम डब्लु आर आर, दाह्ी ग्याङ, एन वाई एन, एम आर आर, डब्लु आर आर, रोट¥याक क्लब लगायतका समुह तथा संस्थाहरु रहेका छन । शताब्दी औ देखि भइरहेको विभिन्न प्रकारका नेपाली टोपीको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले सन् २०१४ जनवरी १ देखि संसारभर अन्तर्रा्ष्ट्रिय नेपाली टोपी दिवस मनाइदै आएको छ ।

Loading...