नाटकघर निमार्णका लागि नाटक प्रस्तुत हुँदै

चितवन । चितवनमा कर्मी नाटय समुहले पहिलो पटक नाटकघर निर्माणका लागि नाटक प्रस्तुत गर्ने भएको छ । मदन पुरस्कार बिजेता ऐना कथासङग्रहमा रहेको रामलाल जोशीको कथा श्रीमान बिरबहादुरलाई नाटकका रुपमा प्रस्तुत गर्न लागेको हो । श्रीमान बिरबहादुर नाटक मञ्चनको रिहर्सल अन्तिम चरणमा पुगेको नाटकका निर्देशक तथा कलाकार भिष्म जोशीले बताउनुभयो ।

कृपा अधिकारी, सुरेश जिसी, अञ्जान ढुङगाना, सुमित आचार्य, विवेक तिवारी, अस्मिता थापा लगायतका कलाकारको नाटकमा प्रस्तुती रहनेछ । यहि पौष १९ गतेदेखी नारायणी कला मन्दिर चितवनमा हरेक दिन दुई शो गरिने कलाकार,कबि तथा नाटयकर्मी समुहका संयोजक मुकुन्द खलपात्रले जानकारी दिनुभयो ।

दिउसो १ तथा बेलुका ४ बजे नाटक शो हुनेछ । शो हेर्नका लागि २ सय तथा ५ सयको टिकटदर तोकीएको छ । चितवनले मेडिकल सिटी,गजलको राजधानी तथा अन्य उपनामहरु पाईरहदा नाट्य क्षेत्रको बिकास , सम्र्बद्धन नाट्यशाला निर्माणको लागि नाटकघरको आवश्यकतामा नाटयकर्मी समुहका संयोजक मुकुन्द खलपात्रले जोड दिनुभएको छ । यसअघि पनि नाटकघर निर्माणका लागि एकल कबिता बाचन तथा अन्य बिबिध कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

Loading...