चितवनमा वर्षभरी ७९ मानवअधिकार उल्लंघनका घटना

चितवन । ईन्सेक चितवनले वर्ष २०१७ मा जिल्लामा भएका गंभिर प्रकारका धटनाको बारेमा प्रतिवेदन सार्वजानिक गरेको छ । वर्ष २०१८ मा अनौपचारिक सेवा केन्द्र (ईन्सेक) ले प्रकाशन गर्ने पुस्तकको प्रारम्भीक रुपमा प्रतिवेदन सार्वजानिक गरिएको हो ।

ईन्सेकका जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीले सन् २०१७ अर्थात २०७३ पुष देखि २०७४ मंसिर सम्म कुल ७९ धटना धटेको जानकारी गराईएको हो । जुन सन् २०१६को भन्दा १५ घटना बढी हो । यसरी धटेका धटना मध्य ४१ जना महिला रहेको प्रतिवेदनमा जानकारी दिईएको थियो ।

७९ मुद्धा मध्य २० वटा मुद्धा भने फैसला भएको बताईएको थियो । जस्मा जवरजस्ती करणी कर्तब्य ज्यान २ बहुविवाह ३ र मानव बेचविखन १ मुद्धा रहेको अधिकारीले जनाकारी दिनु भयो ।

चितवन अदालतका मुख्य न्यायाधिश कुल प्रसाद शर्माको प्रमुख आतिथत्तता रहेको समिक्षा कार्यक्रममा शर्माले चितवन जस्तो धना बस्ती भएको क्षेत्रमा यस्तो घटना कम भएको बताउदै अझै यसलाई कम गर्न भने लाग्नु पर्ने बताउनु भयो । यस्तै चितवन बारका अध्यक्ष गोपिलाल देवकोटाले सानो हात जस्ता संस्थाले निर्दाेष ब्यक्तिलाई फसाएर पैसा असुल्ने धन्दा गर्ने गरेको आरोप लगाउदै त्यस्ता घटनामा निर्दाेष ब्यक्ति फस्न सक्ने भन्दै सचेत रहन आग्रह गर्नु भएको थियो । कार्याक्रममा मानव अधिकार संरषक्ष मंचका महेश न्यौपाने , अदालतका श्रेस्तादार गेहेन्द्रराज पन्त र पत्रकार महासंधका उपाध्यक्ष नारायण प्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Loading...