सौराहामा सकियो हात्ती महोत्सवको रौनक

पूजाकलीलार्इ हात्ती सुन्दरीको उपाधी

चितवन । चितवनको सौराहामा भएको १४ औं हात्ती महोत्सव सकिएको छ । पस ११ गते सौराहाको बाघमारा चौरमा भएको महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिताको उपाधि पूजाकलीले जितेको छ । १०० पूर्णाङ्कमा ७८.७ अंक ल्याएर पूजाकलीले उपाधि जितेको हो । प्रतियोगितामा एलिसाकली, पुष्पाकली, सेल्फीकली र बिजुलीकली सहभागी थिए ।

पूजाकली होटल पार्क साईडको हात्ती हो । यही वर्षबाट सुरू गरिएको हात्ती पेन्टिङ प्रतियोगिताको उपाधि पुनमकलीले जितेको छ । अन्य ४ प्रतिस्पर्धीलाई पछि पार्दै पुनमकली पेन्टिङमा आर्कषक देखिएको हो । माउतेहरुले हात्तीको शरीरमा कलात्मक चित्र बनाएर प्रतिस्पर्धामा हात्तीहरुलाई सहभागी गराएका थिए ।

त्यसैगरी हात्तीको फास्टवाक प्रतियोगितामा टुरीज्म बैंकको लक्की कलि प्रथम भएको छ । यस्तै हिमालयन सोसल जोर्नीको एकताकली दोस्रो र कोकाकोला कम्पनीको अनार कली तेस्रो भए । प्रतियोगितामा २० वटा हात्तीको सहभागिता थियो । आज शनिबार नै भएको हात्तीका छावाहरुको फुटवल प्रतियोगिताको फाइनलमा सिजी समुहका हात्तीका छावाहरु बिजयी भए ।

सिजी समुहले कुमारी बैंकलाई ३-० ले पराजित गर्‍यो । चितवनमा स्वदेशी तथा विदेशी पर्यटक प्रर्बद्धन गर्ने उद्देश्यले हरेक वर्ष क्षेत्रीय होटल संघ चितवनले हात्ती महोत्सव गर्दै आएको छ । महोत्सवमा हुने विभिन्न हात्ती सम्वन्धि गतिविधी र क्रियाकलापलाई परिमार्जन गर्दै पर्यटकलाई आकषिर्त गर्दै लगिने क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए ।

महोत्सव अन्र्तगत आयोजित विभिन्न प्रतियोगिताका विजयीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले पुरस्कार प्रदान गरेका थिए । क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेको अध्यक्षता भएको समापन कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी,जिल्ला समन्वय समिति चितवनका स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदी, रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज ढुंगाना, चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदी, हात्ती महोत्सवका संयोजक दिपक भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

Loading...