मनिषा काेइरालाद्वारा प्राकृतिक चिकित्सालयको अवलोकन

नवलपुर । नवलपरासी सुस्ता पुर्व नवलपुरमा रहेको प्राकृतिक चिकित्सालयको आइतवार बलिउड अभिनेत्री मनिसा कोइरालाले अवलोकन गर्नुभएको छ । नेपालकै नमुनाको रुपमा रहेको सामुदायिक प्रकृतिक चिकित्सालयको अनसगमन गर्न अभिनेत्री कोइरालाको परिवार नै रजहर आएको हो ।

मनिसा संगै उहाका पिता प्रकास कोइराला र माता सुस्मा कोइराला लगायतको टोलिले सामुदायिक प्राकृति चिकित्सालयको अवलोन गरेको थियो । अवलोकन को क्रममा संञ्चार कर्मि संगै कुरा कानि गर्दे अभिनेत्री कोइरालाले आफुलाई प्रकृति चिकित्सालयको उपचार पद्धति उपयुक्त लागेको बताउनुभयो । अभिनेत्री कोइरालाका अनुसार मानिसको शरिर प्राकृतिक हुने हुदा पनि प्रकृति पद्धतिद्धारा गरिने उपचार उत्तम रहेको र आफु पनि लामो समय अवस्वस्थ हुदा प्रकृति उपचार पद्धति नै गरेको कारण आफुला प्रकृति उपचार पद्धति र त्यो संग संम्बन्धि कार्य उक्तम लाग्ने हुदा आफु रजहरको सामुदायिक प्रकृति चिकित्सालयको अवलोकन गर्न आएको बताउनुभयो ।

दर्जनौ हिन्दी तथा नेपाली चलचित्रबाट ख्याति कमाउनु भएकी अभिनेत्री मनिसा कोइरालाका अनुसार आफलुलाई प्रकृति चिकित्सालयको पद्धति उपयुक्त लागेको र सम्भवत आफुले पनि केहि समय पछि रजहर प्रकृति चिकित्सालय आई उपचार पद्धति अपनाउने बताउनुभयो । चिकित्सालयको अवलोकनका लागि उघोग पति देखि वरिष्ठ उघमीहरुको पनि सहभागिता रहेको थियो ।

Loading...