चितवनलाई गुटखा मुक्त बनाउन ध्यानाकर्षण

चितवन । भरतपुर महानगरपालिकालाई गुट्खा मुक्त क्षेत्र बनाउनको लागि वे ग्रुप (समूह)ले महानगरको ध्यानाकर्षण गराएको छ । आइतबार बिहान समूहले विभिन्न विद्यालय, क्याम्पस, टोल सुधार समिति, उद्योग वाणिज्य संघ, जिल्लाका अन्य नगरपालिका तथा भरतपुर महानगरपालिकाकै प्रायः सबै वडासँग लिएको प्रतिवद्धतापत्र महानगरपालिकालाई बुझाउँदै अबको केही दिनमै हुन लागेको नगर सभामा यो अभियानको विषयमा पनि सम्बोधन होस् भनेर महानगरको ध्यानाकर्षण गराएको हो ।

बजारमा फोहोरमैला बढ्नुको साथै मानव स्वास्थ्यमा पनि हानी पु¥याउने भएकोले आफैँले सेवन गर्ने गुट्खा पनि सेवन गर्न छाडेर युवाहरूले महानगरलाई नै गुट्खामुक्त बनाउने अभियानमा सक्रिय भएका हुन् । महानगरपालिकाकी मेयर रेणु दाहाललाई प्रतिवद्धता पत्र बुझाउँदै समूहका सदस्य भोजनारायण कँडेलले भने, ‘हामी जुनसुकै अवस्थामा पनि खट्न तयार छौँ ।

तपाईँले हामीलाई साथ दिनुप¥यो । नगरलाई सफा बनाउनको लागि स्थानीयस्तरबाटै पहल गरिनुपर्ने भएकोले आफूहरूले यो अभियानको सुरूवात गरिएको उनले बताए । समूहका सदस्य वीरेन्द्र पौडेलले पनि समग्र सफा र सुन्दर नगर विकासको लागि जनताले पनि साथ दिनुपर्ने भएकोले बजारलाई सरसफाइयुक्त बनाउनको लागि समूहले सानो कदम चालेको बताए ।

आवश्यक परे यसको बिक्री वितरणमा समेत रोक लगाउनुपर्ने उनको भनाइ छ । नारामा मात्रै सीमित भएर कुनै पनि नगरको विकास नहुने भएकोले वे ग्रुपले यसलाई कार्यान्वयन गरेर अगाडि बढ्न महानगरलाई दबाब दिनएको समूहका सदस्य नवीन खरेलले बताए । यस विषयमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पनि सकारात्मक प्रतिक्रिया दिएकी छिन् ।

‘तपाईँहरूले पटक–पटक हामीलाई झक्झक्याउने काम गर्नुभएको छ, उनले भनिन्, ‘त्यसैले पनि हामी भरतपुर महानगरपालिकालाई गुट्खा मुक्त महानगरको रूपमा विकास गर्ने पक्षमा सकारात्मक छौँ । त्यसैले २१ गतेको नगर सभामा पनि यो विषयले प्राथमिकता पाउने छ । यसको लागि छलफल गरेर अगाडि बढ्ने उनले बताइन् । तर, अहिले नै भरतपुर महानगरलाई गुट्खा मुक्त बनाउन सकिएला त भन्ने विषयमा भने अध्ययन गर्नुपर्ने मेयर दाहालको भनाइ छ ।

समूहले ‘एकदिन एकछिन भन्ने मूल नारासहित हरेक हप्ता एक दिन एक घण्टा सरसफाइको लागि समय छुटेयाएर सरसफाइ गर्दै आइरहेको छ । सोमबार पनि लायन्सचोक आसपासमा सरसफाइ गर्ने कार्यक्रम छ ।

Loading...