विमान दुर्घटनामा १२ को मृत्यु

कोस्टारिका । कोस्टारिकाको पश्चिमी क्षेत्रमा विमान दुर्घटना भएको छ । दुर्घटनामा १० अमेरिकी पर्यटकसहित १२ जनाको मृत्यु भएको छ ।
गुआनाकास्ट प्रान्तको पहाडी क्षेत्र बेजुकोनजिकै विमान दुर्घटना भएको हो । दुर्घटनामा मारिनेमा १० जना अमेरिकी पर्यटक र कोस्टारिकन विमान चालक र सहचालकको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

सो विमान राजधानी सान होसबाट पुण्टा इश्लिटा रिसोर्ट जाने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुलेको छैन ।

Loading...