१९ वर्षे किशोरीले बनाइन बलत्कारबाट बच्ने ‘रेप प्रुफ पेन्टी’

- एजेन्सी

नयाँ दिल्ली
भारतमा एक युवतीले बलत्कारबाट बचाउ गर्ने पेन्टीको आविस्कार गरेकी छन् । सात वर्षकी एक वालिकामाथि बलत्कार पछि हत्या भएको घटना सुनेपछि उनले महिलालाई बलत्कारबाट बचाउनका लागि यस्तो उपाय निकालेकी हुन् । उत्तर प्रदेशकी १९ वर्षिया विएस्सीकी छात्रा सिनु कुमारीले ‘रेप प्रुफ पेन्टी’को आविस्कार गरेकी हुन् ।
यो आम पेन्टी भन्दा फरक छ । जहाँ विद्युतिय सामाग्री र प्रविधिको प्रयोग गरिएको छ । पेन्टीमा स्मार्ट लक लगाइएको छ जुन पासवर्डले मात्र खुल्ने छ । त्यस्तै पेन्टीमा जीपीआरएस प्रविधि जोडिएको छ । जसको मद्दतबाट महिलाको उपस्थिती कहाँ छ भन्ने पत्ता लाग्ने छ । त्यस्तै पेन्टीमा जडित रेकर्डरले घटनास्थल वरिपरिको आवाजहरुलाई रेकर्ड समेत गर्ने छ ।
उत्तर प्रदेशको फरुर्खावाद जिल्लाको एक साधारण परिवारकी सिनुले दिनहुँ घट्ने बलत्कारका घटनाबाट आजित भएर यस्तो पेन्टी बनाएको बताएकी छन् । ‘म दिनहुँ घट्ने बलत्कारका घटनाबाट दुखि थिएँ, एक दिन सात वर्षकी बालिकाको वलत्कार पछि गला दबाएर हत्या गरिएको समाचार पढेँ,’ उनले भारतीय अनलाई जनसत्तासँग भनेकी छन्, ‘त्यसपछि नै मैले बलत्कार नियन्त्रणका लागि केही गर्नुपर्छ भन्ने लागेको थियो ।’
विएस्सी तेस्रो वर्षकी छात्राको रुपमा कैयौँ मोडलहरु बनाइरहेको भन्दै उनले बलत्कार बाट बचाउने पेन्टी आविस्कार गर्ने योजना अनुसार पेन्टी बनाएको बताइन् । ‘एक महिनाको मेहेनत पछि मैले यो पेन्टी तयार पारेकी हुँ,’ उनले अगाडि भनिन् ।
पेन्टी व्लेट फ्रुफ कपडाबाट बनाइएको छ । जसलाई चक्कु वा व्लेटले काट्न सकिँदैन् । नकी यो कपडा जलाउन सकिन्छ । यसमा एउटा बटन लगाइएको छ जसलाई दबाउनासाथ १०० वा १०९० नं. मा स्वचालित रुपमा फोन जान्छ । त्यसपछि प्रहरी पेन्टीमा जडित जिपीआरएसको सहायताबाट महिला भएको स्थान सम्म पुग्ने छन् । उनले यसलाई अझ सुधार र परिस्कृत गर्दै लान सकिने समेत बताइन् ।
यस पेन्टीको नमुना तयार गर्नका लागि उनलाई ५००० रुपैयाँ खर्च लागेको उनले जानकारी दिइन् । ‘मलाई थाहा छ यसलाई सुधार गर्दै बजारमा लैजान सकिन्छ, यो पेन्टी बजारमा पाइने साधरण पेन्टी भन्दा केही महंगो हुन सक्छ,’ उनले अगाडि भनिन्, ‘यद्यपी सरकारले यसलाई महिला सुरक्षाको योजना सहित गरिब महिला सम्म पु¥याउन सहयोग गर्ने छ ।’
उनको यो आविस्कारको भारत भर चर्चा सुरु भएको छ । केन्द्रीय बाल तथा महिला विकास मन्त्री मेनका गान्धीले उनको प्रसंसा गर्दै भविष्यमा आम मानिसको सुरक्षाको लागि प्रयत्नील रहन शुभकामना दिइन् । उनको यो अविस्कारलाई पेटेन्ट राईट दिलाउनका लागि इलाहावाद स्थित नेशनल इनोभेशन फाउन्डेशनमा पठाइएको छ ।
सीनुले यसलाई कुनै कम्पनी वा सरकारले सहयोग गरेर यसलाई थप सुधार गर्दै बजारमा लैजान सकिने बताएकी छन् । सीनुलाई यस आविस्कारको दौरानमा त्यहाँका भाजपा सांसदले समेत साथ दिएका छन् । उनका अनुसार फरुखाबादका भाजपा सांसद मुकेश राजपुतले केन्द्रिय मन्त्रालयलाई पत्र लेख्दै यस सम्बन्धि कामलाई अगाडि बढाउन आग्रह गरेका छन् ।
उनले यो पेन्टी महिलाले एक्लै असुरक्षित स्थानमा जाँदा लगाउन सक्ने बताएकी छन् । ‘जस्तो बुलेट प्रुफ ज्याकेट सँधै लगाँदैन त्यस्तै यसलाई पनि जोखिमयुक्त स्थानमा जाँदा महिलाले प्रयोग गर्न सक्ने छन्,’ उनले भनिन् ।
पछिल्लो समय भारतमा बलात्कारका घटना बढ्दै गएका छन् । राष्ट्रिय अपराध तथ्यांक व्यूरोका अनुसार भारतमा हरेक दिन ७९ महिला बलत्कारको सिकार हुने गर्दछन् । बीबीसीका अनुसार मध्ये प्रदेशमा मात्र २०१६ मा सबैभन्दा बढी बलत्कारका घटना घटेका थिए । देश भर वर्षमा २८ हजार ९४७ महिलामाथि बलत्कार भएकोमा ४ हजार ८८२ महिलामाथि मध्येप्रदेशमा बलत्कार भएको थियो । त्यस्तै उत्तर प्रदेशमा ५ हजार ८१६ र महाराष्ट्रमा द्ध हजार १८९ महिलामाथि बलत्कार भएको थियो ।
सीनुले रेल दुर्घटनाबाट बच्नका लागि सहयोगी हुने एक उपकरण निमार्णमा समेत काम गरिरहेकी छन् । जसको प्रयोगबाट बढ्दो रेल दुर्घटना रोक्न सकिने बताइएको छ ।

Loading...