नेपाल भित्रिने सबै समानमा भन्सारको एकरुपता ल्याउन माग

चितवन । नेपाल भित्रिने सबै भन्सारहरुमा सामानहरुमा एकरुपता ल्याउन एक कार्यक्रमका बत्ताले माग गरेका छन । समान मात्रमा करको ब्यबस्था नहुने हुदा कपडा ब्यबासायीमा ठुलो मात्रामा उतारचडाब हुने गरेको गुनासो गरेका हुन । कपडा ब्यबसायी संघ नारायणगढको २० औँ बार्षिक साधरण सभामा बोल्ने अधिकांस बत्ताहरुले कपडामा हुने गरेको न्युन बिजकीकरणलाई तत्काल रोक्नु पर्ने माग गरेका छन उनिहरुले अब बिभिन्न भन्सारमा तिर्ने करलाई समायोजन गर्दै समान मात्रमा ५ प्रतिशत बनाउनु पर्ने माग गरेका छन ।

कार्यक्रममा उद्योग बाणिज्यसंघ चितवनका अध्यक्ष राजन गौतमले सबै ब्यबसायीरु एक भएर लाग्नु पर्ने बताउनु भएको छ । पछिल्लो समय उद्योग बाणीज्यसंघको निर्बाचनलाई लिएर देखिएका गुट उपगुट हरुको अनत्य गर्दै एक भएर लाग्न आग्रह गर्नु भएको हो । उहाँले उद्योगी तथा ब्यबसायीहरुनै बिभाजित भएर हिडेमा भोलिका दिनमा ब्यबसायी तथा उद्योगिहरुलाई हेप्ने बाटो हुने भन्दै त्यस्तो बाटो हुन नदिन आग्रह गर्नु भएको हो ।

कपडा ब्यबसायी संघको २० औँ बार्षिक साधारणसभामा उद्योग बाणीज्य संघका बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ, संस्थाका पुर्ब अध्यक्ष कल्याण जोसी, साईकल ब्यबसायी संघका डि आर सापकोटा, लगाएतले बोल्नु भएको थियो । कार्यक्रम कपडा ब्यबासायीसंघका अध्यक्ष तुङ्गनाथ भट्टराईको अध्यक्षतामा समपन्न भएको थियो ।

Loading...