महोत्सवमा सहभागि हुन घरघरमै निमन्त्रण कार्ड

चितवन । पुस २७ गते देखि सुरु हुने रत्ननगर महोत्सवमा सहभागिताको लागि आयोजकले घरघरमै निमन्त्रणा कार्ड पु¥याएको छ । महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग बाणिज्य संघले जिल्ला बासीको घरघरमै पुगेर निम्ता दिएको हो ।

समग्र जिल्लाको कृषि,पर्यटन,शिक्षा र स्वास्थ्यको प्रर्बद्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा सहभागी भएर महोत्सवलाई अबलोकन गरिदिन कार्ड वितरण गरेरै आयोजकले जिल्लाबासीलाई आग्रह गरेको छ । हामीले जिल्लाबासीको घरघरमै निमन्त्रणा कार्ड पु¥याउने कोसिस गरिरहेका छौं संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक राजाराम रेग्मीले भने निमन्त्रणा गरेर महोत्सवमा सहभागी हुन आग्रह गरेका छौं ।

संयोजक रेग्मीले जिल्लाबासीको घर र सहकारी तथा सामाजिक संघसंस्थामा निमन्त्रणा कार्ड पु¥याईएको बताए । आगामी पौष २७ देखि माघ ७ गते सम्म रत्ननगरको टिकौली चौरमा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको स्टल निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ ।

महोत्सव नजिकिदै गर्दा आयोजकले प्रचारप्रसारको कामलाई तीब्र पारेको छ । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला,संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउने करिव ४५० वटा स्टल रहने स्टल व्यवस्थापन समितिका संयोजक रघुनाथ भट्टले जानकारी दिए ।

यस पटकको महोत्सवमा ५ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करिब ५० करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ । महोत्सवमा बृहत व्यवसायिक कृषि प्रर्दशनी तथा प्रतियोगिता, ताजा तरकारी, च्याउ, थोपा सिंचाई प्रविधि, केरा, माछा, दुग्धजन्य पदार्थ, निःशुल्क माटो परीक्षण शिविर, पोल्ट्री, महसगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई प्राथमिकता दिईएको संघका निवर्तमान अध्यक्ष ज्ञानवहादुर विसुरालले जानकारी दिए ।

Loading...