राष्ट्रिय सभा निर्वाचनको माघ २५ मा गर्न अायोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २५ गते गर्न प्रस्ताव गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. यादवले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय सभा सदस्य निर्वाचन माघ २५ गते बिहीबार हुने गरी मिति घोषणा गर्न सुझाव दिएका हुन् ।

प्रधानमन्त्री देउवा देउवाले आगामी मन्त्रिपरिषद्को बैठकबाट चुनानवको मिति घोषणा हुने बताएका छन् । देउवाले मंगलबार नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर राष्ट्रियसभा निर्वाचनबारे परामर्श गरेका थिए ।

माघ २५ लाई नै चुनावको मिति तोक्ने सम्भवना रहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मिति घोषणा भएपछि एक महिना समय चाहिने बताएको छ ।

लामो विवादपछि राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश केही समय अघि जारी भएको छ । ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८/८ जना चुनिनेछन् भने ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।

प्रदेशहरुबाट निर्वाचित भएर आउने ५६ सदस्य मध्ये ४२ जना एकल संक्रमणीय मत प्रणालीबाट र १४ जना बहुमतीय प्रणालीबाट चुनिनेछन् ।

Loading...