सरकार गठन अघि नै पार्टी एकीकरणः प्रचण्ड

अध्यक्ष र प्रधानमन्त्रीमा होइन सुशासनमा मेरो ध्यान

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले सरकार गठन अघिनै पार्टी एकीकरण हुने वताउनुभएको छ । प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवन शाखाले सँयुक्त रुपमा बिहिबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै प्रचण्डले सरकार गठनको वाटो खुलिसकेकोले दुवै दलका नेताहरु पार्टी एकीकरणमा केन्द्रित भएको वताउनुभयो ।

उहाँले पार्टी एकिकरणमा एमाले र माओवादी केन्द्रमा कुनै मतभेद नभएको भन्दै आजसम्म भएका छलफलहरु सकरात्मक भएको दावी गर्नुभयो । प्रचण्डले दुई दलका नेतालाई समूचित भूमिका दिनेमा यसअघिनै सहमती भएकाले कुनै विवाद नरहेको प्रष्ट पार्नुभयो । उहाँले अध्यक्ष र प्रधानमन्त्री भन्दापनि सुशासन,सँमृद्धि र राष्ट्रिय एकतामा जोड दिएको वताउनुभयो । नेतृत्वमा गम्भिर छलफल भैरहेको भन्दै प्रचण्डले पार्टी एकतावारे कसैलेपनि कहीकतै वोल्न जरुरी नरहेको वताउनुभयो ।

प्रचण्डले राष्ट्रिय सभाको निर्वाचनको मिति तोक्ने र प्रदेश प्रमुख र प्रदेशको अस्थाई केन्द्र तोक्ने जिम्मा बिहिबारको वैठकवाट सरकारलाईनै दिएको वताउनुभयो । उहाँले सरकारले सँविधानको भावना अनुरुप प्रदेश प्रमुख र प्रदेशको अस्थाई केन्द्र तोक्नुपर्ने वताउनुभयो । उहाँले अस्थाई केन्द्रका वारेमा चिन्ता नलिन सवैलाई आव्हान गर्नुभयो ।

अहिलेको निर्णय तुरुन्तै प्रदेशसभाले फेर्न पनि सक्ने भएकाले यसलाई ठूलो विषय वनाउनु जरुरी नभएको प्रचण्डको भनाई छ । प्रचण्डले राष्ट्रिय सभाको निर्वाचन लगत्तै सरकार गठन हुने वताउनुभयो ।

चितवन उद्योग सँघको अधिवेशन र भरतपुर महानगरपालिकाको नगरपरिषद उद्घाटन गर्न प्रचण्ड चितवन आउनुभएको हो । उहाँ शनिवारसम्म चितवन रहने कार्यक्रम रहेको छ ।

Loading...