अनुगमन टोली पुग्दा कालिकाका पसलेहरु भागाभाग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनबाट अनुगमनका लागि संयुक्त अनुगमन टोली गएको थाहा पाएपछि कालिका नगरपालिकाका पसलेहरु पसल बन्द गरेर भागेका छन् । कालिका नगरपालिकाको विभिन्न स्थानमा किराना, औषधि पसल तथा होटलको अनुगमन हुने भन्ने थाहा पाएपछि पसलेहरुको भागभाग भएको हो ।

म्याद गुज्रिएको सामान विक्री गरेको र विना इजाजत पसलहरु सञ्चालन गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय चितवनले कालिका नगरपालिकाको विभिन्न भागमा अनुगमन गरेको छ । अनुगमन टोली पुगेको जानकारी पाएपछि नगरपालिकाको पदमपुर, जुटपानी, शक्तिखोरमा खुला भएका पसल समेत बन्द गरेर पसलेहरु भागेका हुन् ।

बजार संरक्षण अधिकृत, खाद्य निरीक्षक, उपभोक्ता अधिकार संरक्षण मञ्च तथा पत्रकार सहितको अनुगमन टोलीले कालिका नगरपालिकामा किराना पसल, होटल तथा औषधि पसलहरु अनुगमन गरेको थियो । दर्ता प्रकृया पुरा नगरि सञ्चालन गरिएका विभिन्न तीन वटा औषधि पसललाई अनुमगन टोलीले बन्द गरेको छ ।

शहरी क्षेत्रमा मात्रै सिमित गरिएको बजार अनुगमन यस पटक भने ग्रमीण क्षेत्रमा समेत गरिएको हो । अनुगमनका क्रममा एलोपेथिक औषधि पसल दर्ता गरेर आयुर्वेदिक औषधि बिक्री गरेका, औषधि पसलको अनुमतिमा ल्याब तथा अस्पताल सेवा प्रदान गरिरहेका औषधि पसललाई बन्द गरिएको हो । स्थानीय प्रशासनले लामो समय अनुमगन नगर्दा त्यस क्षेत्रका उपभोक्ताहरुले भगवान भरोसामा उपचार गर्दै आइरहेका थिए ।

Loading...