पाकिस्तानलार्इ दिने अमेरिकी सैन्य सहयोगमा रोक

काठमाडौं । अमेरिकाले पाकिस्तानलाई दिने सबै प्रकारका सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । अमेरिकी विदेश विभागले पाकिस्तान आतंकवाद अन्त्य गर्न असफल भएका दाबी समेत गरेको छ ।

अमेरिकी विदेश विभागले वक्तव्य जारी गर्दै सैन्य सहयोग तबसम्म रोकिने जनाएको छ । विभागले पाकिस्तानले हक्कानी नेटवर्क र अफगान तालिवानविरुद्ध कारबाही नगर्दा सम्म सैन्य सहयोग रोक्ने जनाएको छ ।

बीबीसीका अनुसार पाकिस्तानलाई दिने गरिएको २५५ मिललियन डलरमा पनि अमेरिकाले रोक लगाएको छ । यसै हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले झूठो बोलेको र चरमपन्थीलाई संरक्षण गरेको आरोप लगाउँदै ट्वीट गरेका थिए । ट्रम्पले भनेका थिए, ‘अमेरिकाबाट अर्बौं डलर मद्दत लिएर पनि चरमपन्थीलाई पालिरहेको छ ।’

पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी विदेश विभागका प्रवक्ता हैदर नावर्टले भने, ‘आज म यस कुराको पुष्टि गर्दछु कि हामीले पाकिस्तानलाई दिने गरिएको सैन्य मद्दत रोक्दैछौं । जबसम्म पाकिस्तान सरकारले हक्कानी नेटवर्क र अफगान तालिवानसमेत अन्य चरमपन्थी समूहविरुद्ध निर्णायक कदम उठाउँदैन ।’

उनले थप भने, ‘हामी मान्दछौं कि यी समूहले अमेरिकी सैनिकलाई निशाना बनाइरहेका छन् । अमेरिका पाकिस्तानलाई सैन्य मद्दत निलम्वित गर्दछ ।’

Loading...